लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

शंकरनगर खानेपानी योगिकुटीको रजत महोत्सवको तयारी पूरा, मुख्यमन्त्रीले उद्घाटन गर्ने

IMG

तिलोत्तमा, २०८१ भद्र २८ गते।तिलोत्तमा नगरपालिकाको सबैभन्दा पुरानो खानेपानी संस्था शंकर नगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था तिलोत्तमा-२ योगीकुटीले २५औं वसन्त पार गर्दै गरेको अवसरमा विविध कार्यक्रम गर्दै भाद्र २९ गते शनिबार भब्य रजत महोत्सव गर्ने भएको छ। 


खानेपानीले रजत महोत्सव मनाउने तयारी पनि लगभग पूरा गरेको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतराज आचार्यको प्रमुख आतिथ्यतामा हुन लागेको सो कार्यक्रममा नवनिर्मित भवन उद्घाटन, रजत स्तम्भ, फ़ाउण्टेन पार्क, आफ्नो सविस्तार क्षेत्रको स्वरुप क्लेमोडल, डिजिटल स्ट्याचु सहितको ग्रीन तिलोत्तमा-क्लिन तिलोत्तमा मिरर, डोमी खानेपानी ट्यांकी उद्घाटन, पार्क उद्घाटन तथा सम्मान कार्यक्रम रहने सस्न्थाका अध्यक्ष झबिन्द्र भण्डारीले बताए। उक्त कार्यक्रममा मुख्यमन्त्री आचार्यसंगै, तिलोत्तामाका प्रथम मेयर तथा माननीय साम्सद बासुदेव घिमिरे, तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाण, नगर उपप्रमुख जागेश्वर देवी चौधरी, खानेपानी संस्थाका पुर्व अध्यक्षहरु, निबर्तमान अध्यक्ष, उपभोक्ता, राजनीतिक दलका प्रतिनिधीसंगै सरोकारवालाहरुको उपस्थिति रहने आयोजकले बताएका छन्।  


भाद्र २९ गते विहान ११ बाट दिउसो २ बजे सम्म रजत महोत्सव समारोह सञ्चालन हुनेछ । उक्त कार्यक्रममा यसअघि कार्यसमितिमा रही कार्य गर्ने पुर्व तथा निबर्तमान अध्यक्षहरुलाई समेत सम्मान गर्ने कार्यक्रम रहेको छ।हाल ४५ हजार लिटर क्षमता भएका ३ वटा ओभर ट्याङ्क मार्फत ८ हजार १ सय घरपरिवारलाई शुद्ध खानेपानीको सेवा दिंदै आएको खानेपानी संस्थाले आगामी दिनमा पानीको मिटरदेखि यताको जडान खर्च सबै मिनाहा गर्ने योजना बनाएको छ। १५ हजार लिटरसम्म न्युनतम दर २० रुपैयामै पानि उपलब्ध गरेको यस संस्थाले निकट भविष्यमै उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखी अझ स्वास्थ्यबर्द्धक खानेपानी सविस्तार गर्ने मुख्य लक्ष्य राखेको छ।


भेटघाट कार्यक्रममा बोल्दै शंकरनगर खानेपानीका उपाध्यक्ष केशव प्रसाद शर्माले उपभोक्ताको स्वास्थ्यलाई ख्याल गर्दै उनीहरुको हितमा खानेपानी सहज तरिकाले पुर्याउने गरि कार्य गर्दै आएको बताए। कार्यक्रममा सचिव कमला ज्ञवाली, कोशाध्यक्ष मित्रलाल न्यौपाने, इन्जिनियर दिपक पाण्डे लगायतले बोल्दै रजत महोत्सव मनाउने तयारि पुरा भएकोले शनिबार बिहान सबैलाई उपस्थितिको लागि अनुरोध गरेका छन्।१ सय ३ ब्लक क्षेत्रमा बिभाजन गरि कार्य गरेको खानेपानी संस्थामा हाल २१ जना कर्मचारी कार्यरत छन्। 

कमेन्ट गर्नुहोस्