लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमामा बिरामी र अशक्तलाई घरमै गएर बृद्धभत्ता लगायतका सामाजिक सुरक्षा नविकरण

IMG

तिलोत्तमा, २०८१ भद्र २६ गते। तिलोत्तमा नगरपालिकाका वडाहरुमा भएका सामाजिक सुरक्षा भत्ताका लाभग्राही मध्ये बिरामी परेका, अति अशक्त र वडा सम्म आउन नसक्नेहरुलाई घरमै गएर सामाजिक सुरक्षा भत्ता नविकरण गर्ने कार्य गरिएको छ। तिलोत्तमा नगरपालिका पंजीकरण उपशाखा मार्फत नगरका १७ वटै वडामा पुग्ने गरि करीव ७ वटा वडाको काम सकिएको पंजीकरण उपशाखा का युवराज तिवारीले बताए। 


वडामा आउन नसक्ने हरुका लागि बायोमेट्रिक गर्नुपर्ने भएकाले त्यस्ता लाभग्राही हरुलाई घरमै गएर सो नविकरण गरिएको तिवारीको भनाई छ। नगरपालिका बाट एम आइ एस टिमको साथमा वडा अध्यक्ष, सदस्यहरु र वडा सचिवको उपस्थितिमा घरमै गएर नविकरण गरिएको वडा नम्बर १६ का अध्यक्ष झविलाल भुसालले बताए। यस बर्षको बजेट नीति तथा कार्यक्रममै संलग्न गरिएको यस खालको कार्यक्रमले सामाजिक सुरक्षाका लाभग्राहीहरुमा स्थानिय सरकार घर घरमै आएको अनुभव भएको तिलोत्तमा-३ की शान्ति देवी बिकले बताईन। बिस्तारामा पल्टेर औषधी खाएको ३ महिना पुग्यो तर वडामा जाने सामर्थ्य भएन आफुले पाएको अधिकार पनि लिन नसक्ने भएपछी बिस्तारामा लडेका तिलोत्तमा-१४ का गौरु मल्ल घरमै आएर नविकरण गरिदिंदा औधी खुसी भएका छन्। सामाजिक सुरक्षा भत्ता नविकरण गर्ने म्याद यहि भद्र मसान्त सम्म रहेको छ। 


तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालका अनुसार हिडडुल गर्न  वडामा जान कठिनाई भएकाहरुलाई मध्येनजर गर्दै यस बर्ष देखि यस्तो खालको कार्यक्रम ल्याएको बताउनुभएको छ। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुलाई सहज होस् भनि नगरपालिकामै राष्ट्रिय परिचय पत्र समेत खिचाउने व्यवस्था गरिएको उहाँको भनाई छ।


सरकारले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुमा यहि साउन देखि बायोमेट्रिक अनिवार्य गरेका पालिकाहरुमा राष्ट्रिय परिचय पत्र अनिवार्य गराएकोमा बाढी प्रभावित क्षेत्र तथा असहज परिस्थितिमा लाभ्ग्राहिलाई गाह्रो हुन्छ कि भन्ने अभिप्रायले अनिवार्य नगर्न भनेपनि गृह मन्त्रालयले पालिकाहरुमा आधिकारिक पत्र नपठाएको जानकारीमा आएको छ। सो सम्बन्धि अदालतले समेत अन्तरिम आदेश जारि गरेको छ, तथापी बायोमेट्रिक लागु गरिएका जिल्ला हरुमा गृह मन्त्रालयले छुट्टै पत्र भने नपठाएको वडा सचिवहरुको भनाई छ।   

                         

    

कमेन्ट गर्नुहोस्