तिलोत्तमा, भदौ २० गते २०८१। मधवलिया सामुदायिक सिकाई केन्द्रले ५८ औं अन्तराष्ट्रीय साक्षरता दिवसको अवसर पारी नवसाक्षरहरु बिच श्रुति लेखन तथा पठन प्रतियोगिता कार्यक्रम सम्पन्न गरेको छ। ।कार्यक्रममा मधवलिया सामुदायिक सिकाई केन्द्रको अध्यक्ष कुम कुमारी गुरुङको अध्यक्षता तथा तिलोत्तमा नगरपालिका वडा नं १५ का वडाअध्यक्ष खेम राज गुरुङको प्रमुख आतिथ्यमा सम्पन कार्यक्रममा नवसाक्षरहरुबीच श्रुति लेखन तथा पठन प्रतियोगिता संचालन गरिएको थियो।
८ जना प्रतियोगी समाबेश भएको प्रतियोगितामा हिरादेवी बश्याल प्रथम, तारा भट्टराई दोस्रो, इन्दु पौडेल तेस्रो र चुमकला भण्डारी सान्तवना भएका थिए। प्रतियोगितामा सहभागी हुने र उत्कृस्ट स्थान हासिल गर्ने सबैलाई नगद तथा गिफ्ट ह्याम्पर सहित पुरस्कार प्रदान गरिएको थियो। कार्यक्रममा संस्थाको सदस्य ॐप्रसाद थापाको स्वागत मन्तव्य संगै शुरु भएको कार्यक्रममा स्थानिय सिकाई केन्द्रमा आबद्ध नवसाक्षरहरुको उपस्थिति रहेको थियो। सो कार्यक्रमको संचालन संस्थाकी संचालक सदस्य तारा गुरुङले गर्नु भएको थियो ।
कमेन्ट गर्नुहोस्