लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा वडा नं-६ लाई आइएसो प्राप्त बनाउनका लागि सम्झौतामा हस्ताक्षर

IMG

तिलोत्तमा, भदौ ९ गते २०८१।तिलोत्तमा नगरपालिका वडा न-६ लाई आइएसो प्रमाणिकरण गराउने बारे सम्झौता भएको छ । आइतबार वडा र आइएसोका प्रतिनिधिबिच भएको सम्झौता अनुसार एक वर्षभरी ४७ वटा सूचकांकमा काम गरि वडाले उक्त काम पुर गरेमा आइएसो प्राप्त गर्न सक्नेछ । सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले पालिका उत्कृष्ट  रुपले अघि बढिरहेको सन्दर्भमा हरेक वडालाइ आइएसो प्राप्त बनाउन सके जनताको मन जितिने र निर्वाचित जनप्रतिनिधी र कर्मचारीले प्रभावकारी तरिकाले काम गर्ने बताए। 


त्यस्तै आइएसोका कन्ट्रि म्यानेजर सुदिप शर्माले वडा न-६ को काम हेर्दा अत्यन्तै चुस्त देखिएकाले यस वडाले सूचकांक पूरा गर्ने तर्फ ध्यान दिएर काम गर्नुपर्ने जनाए ।यदि तिलोत्तमाको वडा नम्बर ६ आइएस वो प्राप्त गर्न सफल भएमा नेपालकै पहिलो अन्तराष्ट्रिय गुणस्तर प्राप्त वडा हुने आइएसोका कन्ट्रि म्यानेजर सुदिप शर्माले बताए।  वडाध्यक्ष गणेश  पाठकले नगर भित्रका सबै वडा मध्ये ६ ले पहिलो मौका पाएकाले यसलाइ पूरा गर्न आफू र सम्पुर्ण जनप्रतिनिधि र कर्मचारीको टिम लाग्ने बताए।उनले वार्डलाई जनमुखी बनाउन र सेवा प्रबाहलाई प्रभावकारी बनाउन वडाबासीको साथ महत्वपूर्ण रहने समेत बताए ।


आइतबार एक औपचारिक कार्यक्रम गर्दै वडा कार्यालयमा सो सम्झौतामा हस्ताक्षर गरिएको वडा सदस्य पुर्ण प्रसाद आचार्य(संजय) ले बताए। वडाले आइएसवो सर्टिफाइड वडा बनाउन पुर्ण प्रसाद आचार्य(संजय) र कर्मचारी भगवती तिवारीलाई फोकल पर्सन तोकेको छ। वडा सचिव कृष्ण बहादुर क्षेत्रीको संचालनमा भएको कार्यक्रममा कार्यपालिका सदस्य सुरेन्द्र श्री, वडा सदस्य गोबिन्द प्रसाद रिजाल, गीता गन्धर्व, सिता खनाल लागायत कर्मचारी तथा पत्रकारहरुको उपस्थिति रहेको थियो। 


कमेन्ट गर्नुहोस्