लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेत्रहीन महिला संघको तिलोत्तमामा अपाङ्गता सम्बन्धि बैठक सम्पन्न

IMG

तिलोत्तमा, भदौ ७ गते २०८१।नेत्रहीन महिला संघको आयोजनामा तिलोत्तमाको अपांगता समन्वय समिती संगको नियमित बैठक सम्पन्न भएको छ   । तिलोत्तमा नगरपालिकाका अपांगता भएका महिलाको लैङ्गकि हिंसा न्यूनीकरण र आर्थिक सशक्तीकरण लागि Disability Rights Fund को आर्थिक सहयोगमा संचालित परियोजना अन्तर्गतको बैठक सम्पन्न भएको हो ।


बैठकमा पुर्व बैठकमा गरेका निर्णयको कार्यन्वयनको अवस्था, अपांगता भएका व्यक्तिको स्वरोजगारको अवस्था र यसको प्रवर्द्धनका लागि स्थानीय तहको भुमिका , तिलोत्तमा नगरपालिकामा संचालित समावेशी शिक्षामा गर्नुपर्ने सुधारका कार्यहरु लगाएतका विषयमा छ्लफल भएको थियो ।कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाले अपांगता भएका व्यक्तिका लागि सधै समेट्ने कोसिस गरेको बताउनु भयो । काम गर्ने क्रममा अपांग लक्षित कार्यक्रम सधै प्राथमिकतामा रहेको र रहने समेत प्रतिबद्धता व्यक्त गर्नु भयो ।

 

तिलोत्तमा नगरपालिकामा अपांगता भएका व्यक्तीलाइ सीप सिकाउने स्वरोजगार गराउने कुरामा नगरपालिका सकारात्मक रहेको र यश कार्यमा आगामी आर्थिक वर्ष२०८१/८२ मा बजेट छुटाइएको समेत छ्लफलका क्रममा तिलोत्तमा नगरपालिकाका महिला बालबालिका  शाखाका प्रमुख सम्झना भण्डारीले बताउनु भएको थियो । यसका साथै नगरपालिका र वडा स्तरमा हुने तालिम तथा कार्यक्रममा अपांगता भएका व्यक्तिलाई  अनिवार्य सहभागी  गराउनका लागि समन्वय समितिले पहल गर्ने कुरा समेत बताउनु भएको थियो ।


तिलोत्तमा नगरपालिकामा संचालित विद्यालयमा समावेशी शिक्षा कायम गर्न नगर स्तरबाट  गठन हुने लेखा जोखा समितीको माध्यमबाट विद्यालयका प्रधानाध्यापकलो बैठकमा प्रस्ताव लानका लागि समितिले पहल गर्ने प्रतिबद्धता समितिका सदस्यले सयुक्त रुपमा गर्नु भएको थियो ।स्थानीय तहबाट निशुल्क रुपमा उपलब्ध हुने अपांगता भएका व्यक्तिहरुको सहायक समाग्री सहज रुपमा उपलब्ध गराउन समितिले पहल गर्ने समेत प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । साथै आवश्यकता पहिचान गरि कार्यक्रमको माग हुने हो  भने बजेटको सदुपयोग हुने कुरा जनाउदै  सोहीअनुसार  कार्यक्रम तथा तालिम नगरपालिकाले उपलब्ध गराउने कुरामा सधै सकारात्मक रहेको  तिलोत्तमा नगरपालिकाका सामाजिक शाखा प्रमुख विनोद ज्ञवालीले बताउनु भयो ।


कार्यक्रमा नेत्रहिन महिला संघ रुपन्देहीका उपाध्यक्ष कुन्ती पौडेल , सह सचिव भुमा खरेल , अपांगता समन्वय समितिका सदस्य राधा शाही , सावित्रा घिमिरे, सुनिल सुनार,कुल प्रसाद लामिछाने ,  सुनिल कुमार नेपाली, मनिषा न्यौपाने लगाएतको सहभागीतामा बैठक सम्पन्न भएको थियो ।