तिलोत्तमा, भदौ ६ गते २०८१।दुई-दुई पटकसम्म सेवा प्रवाह र सामाजिक विकास विधा अन्तर्गत समबेशिता र सामाजिक क्रियाकलापमा उत्कृस्ट बनेको रुपन्देहीको सुगम नगरपालिका तिलोत्तमा फेरी उत्कृस्ट बनेको छ।बिहिबार संघीय मामिला तथा प्रशासन मन्त्रालयद्वारा गरिएको मुल्यांकनमा तिलोत्तमा नगरपालिका लुम्बिनी प्रदेशका गाउँपालिका/नगरपालिकाबाट प्रथम र देशभरिबाट द्वितीय भएको हो । नगरप्रमुख रामकृष्ण खाणलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र सचिव भरतमणि सुबेदीले सो उत्कृस्टताको प्रमाणपत्र हस्तान्तरण गरेका हुन्। संघीय मामिला तथा प्रशासन मन्त्रालयद्वारा सम्मानित हुँदै तिलोत्तमा नगरपालिकाका नगर प्रमुख खाणले नगरबासी,जनप्रतिनिधी, कर्मचारी, र सबै सहयोगीको योगदानले फेरी उत्कृस्टको उपाधि पाएकोमा खुसि ब्यक्त गर्दै सबैलाई धन्यबाद समेत दिनुभयो।
तिलोत्तमा नगरपालिकाका मेयर खाणले नगरपालिकालाई उत्कृस्ट बनाउन सहयोग गर्ने सबै जनप्रतिनिधि, कर्मचारी, सेवाग्राही नगरबासीहरुमा धन्यबाद ज्ञापन गर्दै यो सम्मानले समग्र नगरपालिका र नगरबासीहरुलाई थप प्रेरणा मिलेको बताउनुभयो। उहाँले आफुहरु जननिर्वाचित भएर आइसकेपछि सामाजिक सेवामा अग्रसर भएर लागेको र समाजमा भएका बिकाश निर्माण नीति निर्माण र सामजिक दायित्वका सेवा हरु शिक्षा,स्वास्थ्य,रोजगारी तथा विपद ब्यबस्थापनमा नगरपालिकाले गरेको काम उल्लेखनिय रहेको बताउनुभएको छ। देशमै प्रथम भने मात्रै दशमलव ५० अंकले धादिङ्गको निलकण्ठ नगरपालिका भएको छ भने तेस्रो चितवनको रत्ननगर नगरपालिका भएको छ।
कमेन्ट गर्नुहोस्