लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

एमालेको उपद्रो रोक्छौ,हामी चकचक गर्दैनौ : महामन्त्री गगन थापा

IMG

तिलोत्तमा, भदौ ४ गते २०८१।नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिले बनेको गठबन्धन साढे ३ वर्ष नै चल्ने र कुनै पनि उलथपुथल नहुने दाबी गरेका छन् । नेकपा एमालेको उपद्रोलाई आफुहरुले रोक्ने र कांग्रेसले चकचक नगर्ने बताउँदै अहिले बनेको सत्ता गठबन्धन पुरा अवधीसम्म नै चल्ने दाबी गरेका हुन् ।‘नेकपा एमालेको उपद्रो रोक्छौँ, कांग्रेसको चकचक गर्ने बानी पनि छैन् । चकचक पनि गर्दैन् । यो गठबन्धन साढे ३ वर्षसम्म नै चल्छ,’ महामन्त्री थापाले बताए । सोमबार नेपाली कांग्रेस जिल्ला कार्यसमिति रुपन्देही प्रशिक्षण शाखाद्वारा आयोजित ३ दिने आवासीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले कांग्रेस र एमाले निश्च्ति उद्धेश्य पुरा गर्नका लागि सरकार बनाएकाले त्यसलाई पुरा गर्ने बताए । साथै उनले विगतमा पनि नेपाली कांग्रेस र एमाले मिलेर बनाएका सरकारले जे उद्धेश्य लिएर सरकार बनाएको हो त्यसलाई पुरा गरेको दाबी गरे । 


‘कांग्रेस र एमालेको सरकार पहिलो पटक अहिले बनेको त होइन् । यस भन्दा अघि २०४७ सालमा, २०५६ मा, २०६२÷६३ मा २०७० सालमा दुई दल मिलेर बनेका थिए। त्यो बेला जे गर्दौ भनेका थिए । त्यो पुरा भएका छन् । अहिले पनि भनेको कुरा पुरा हुन्छ,’ उनले भने ।महामन्त्री थापाले संविधान गतिशिल दस्तावेज भएकाले समयको आवश्यकता अनुसार संशोधन गर्दै जानु पर्ने बताए ।यस्तै महामन्त्री थापाले कांग्रेस रुपन्देहीले सुरु गरेको प्रशिक्षणको कार्यक्रम अब देशभर नै सुरु हु्ने बताए। कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य भरतकुमार शाहले पार्टीलाई एकताबद्ध बनाएर अब अघि बढाउनुको विकल्प नभएको बताए । 


नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले जनप्रतिनिधीहरु जनता भन्दा ठूलो हुँ भन्ने भावना राख्न नहुने बताए । नेपाली कांग्रेसका रुपन्देही सभापति रामकृष्ण खाँणले प्रशिक्षण कार्यक्रमले पार्टीलाई अझै बलियो र गतिशिल बनाउने बताए । ३ दिनसम्म चल्ने कार्यक्रममा गोविन्द्र पोखरेल, सुरेश आचार्य, छन्द्रकुमार पहराई र उमेश श्रेष्ठले परीक्षण दिने छन् भने कार्यक्रमको समापनको लागि पार्टी उपसभापति पूर्णबहादुर खड्का आउने कार्यक्रम रहेको छ ।उद्घाटन सत्र कार्यक्रम प्रशिक्षण विभाग प्रमुख अनिता शाहको अध्यक्षता र नेपाली कांग्रेस रुपन्देहीका कोषाध्यक्ष हरिप्रसाद अर्यालको स्वागत मन्तव्यमा सम्पन भएको थियो ।


कमेन्ट गर्नुहोस्