लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

स्कुटर अनियन्त्रित भई पल्टिदाँ एक जनाको मृत्यु

IMG

तिलोत्तमा,साउन २९ गते २०८१।बुटवलमा स्कुटर अनियन्त्रित भई पल्टिदाँ एक जनाको मृत्यु भएकोे छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका १३ बेलबास बस्ने गुल्मी मदाने गाउँपालिका ६ घर भएका १९ वर्षीय शिशिर कुँवर रहेको प्रहरीले जनाएको छ । 


सोमबार राति बुटवल उपमहानगरपालिका ७ दिपनगरस्थित सडकमा कमलपोखरीबाट सोमबारे बजारतर्फ जाँदै गरेको लु ९४ प ४८०६ नम्बरको स्कुटर अनियन्त्रित भई पल्टिँदा उनको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका स्कुटरका चालक समेत रहेका । उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

कमेन्ट गर्नुहोस्