
तिलोत्तमा,साउन २८ गते २०८१।सरकारले लुम्बिनी प्रदेशबाट तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणलाई नगर विकास कोषको सदस्यमा मनोनित गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले खाणलाई सात प्रदेशबाट एक एक जना नगरप्रमुखलाई सदस्य मनोनित गर्दा लुम्बिनी प्रदेशबाट खाणलाई मनोनित गरेको हो ।
मन्त्री परिषदको निर्णयबाट नगर विकास कोषको सदस्यमा मनोनित हुनुभएका नगरप्रमुख खाणलाइ प्रमाणपत्र ग्रहण गर्दै नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत नारायण अर्याल र लेखा अधिकृत रमेश बस्यालले प्रमाण पत्र हस्तान्तरण गर्नुभएको छ ।मोफसलमा सडक बत्ति, सडकको बीचमा हरियाली बगैचा, फूल रोपेर चर्चामा रहेको तिलोत्तमाले विभिन्न अन्तर्राष्टिय पुरस्कार पाएको छ ।अन्तराष्टिय संस्थाहरूबाट नगरपालिकामा राम्रो काम गरेर पुरस्कृत भइसकेका खाणले सरकारले गरेको यो मनोनयनले आफूमा झन जिम्मेवारी थपिएको बताए । उनले आफूलाइृ दिएको जिम्मेवारी कुशलताका साथ सम्पन्न गर्न लागिपर्ने पनि बताए ।
कमेन्ट गर्नुहोस्