लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

झरनाको ६४औ साधारण सभा तथा ३१औ अधिबेशन सम्पन्न, अध्यक्षमा पौडेल

IMG

तिलोत्तमा, साउन २० गते २०८१। झरना स्पोर्ट्स क्लब तिलोत्तमा-६ कुञ्जलापुरको ६४औ साधारण सभा तथा ३१औ अधिबेशन सम्पन्न भएको छ । कुञ्जलापुर स्थित मगर भवनमा सम्पन्न सो साधारण सभा तथा अधिबेशनले धनेन्द्र पौडेलको अध्यक्षतामा निर्बिरोध नया समिति चयन गरेको छ । क्लबका अध्यक्ष गङ्गा प्रसाद रानाको अध्यक्षता तथा तिलोत्तमा नगर कार्यपालीका सदस्य नरबाहादुर छन्तेलको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभा तथा अधिबेशनले आगामी ३ बर्षीय कार्यकालको लागि पौडेललाई चुनेको हो।


सो कार्यक्रममा बोल्दै तिलोत्तमा नगर कार्यपालीका सदस्य नरबाहादुर छन्तेलले खेलकुदमा फुटबल मात्रै हैन अन्य खेलहरुमा समेत ध्यान पुर्याउन आग्रह गर्दै समाजमा झरना स्पोर्ट्सको कार्य उल्लेखनिय रहेको बताउनुभयो । उहाले आफु झरना स्पोर्ट्स क्लबको हरेक अभियानमा सहभागिताको तारिफ गर्नुभएको थियो क्लबले गरेको कार्यमा नगरपालिकाको तर्फबाट हुने सम्पूर्ण सहयोग गर्न आफु तत्पर रहेको भन्दै उहाले युवाहरुलाई शसक्तिकरण गर्न क्लबले ठुलो भूमिका खेलेको बताउनुभयो ।


साधारण सभाको अवसरमा क्लबले गरेका आफ्नो बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै अध्यक्ष गङ्गा प्रसाद रानाले युवाहरुको सहभागितामा समाजका हरेक गतिबिधि सम्पन्न गर्न सहयोग गर्ने समाजसेवी, संचार सस्था, पत्रकार एबम जनप्रतिनिधि तथा बिदेशमा रहेर पनि सहयोग गर्ने सबैलाई धन्यबाद ज्ञापन गर्नुभएको थियो ।क्लबका पुर्ब सचिव ओमप्रकास थापाको संचालन, क्लबका सचिब सिजन थापाको स्वागत मन्तव्य रहेको कार्यक्रममा क्लबका संरक्षक धनेन्द्र पौडेल,रुपन्देही जिल्ला फुटबल संध अध्यक्ष लोक पुन, वडा नं ६ जनप्रतीनीधी सिता खनाल गौतम, समाजसेवी भुपुसंघ रूपन्देही अध्यक्ष लोक बाहादुर गुरूग,उमा आधार भुत बिध्यालय ब्यवस्थापन अध्यक्ष छत्र बहादुर दर्लामी, कुन्जटोल आमा समुह अध्यक्ष उमीसरा दर्लामी निबर्तमान आमा समुह साथै सल्लाहकार संगिता गुरुङले आफ्नो शुभकामना मन्तव्य राख्दै क्लबले गरेको समजपयोगी कार्यको खुलेर प्रशंशा गरेका थिए।


क्लबको अधिबेशनमा आय व्यय प्रस्तुत गर्दै कोषाध्यक्ष निर्मल थापाले सबैको सहयोगमा क्लबले केहि आर्थिक कोष स्थापना गर्न सफल भएकोमा धन्यबाद समेत दिनुभयो । अधिबेशनले १४ सदस्यीय कार्यसमिति चयन गरेको छ जसको अध्यक्षमा धनेन्द्र पौडेल, उपाध्यक्ष नगेन्द्र थापा, सचिब मोहन सिंह राना, सह सचिब गोपाल गलामी, कोषाध्यक्ष निर्मल थापा, सह-कोषाध्यक्ष किशोर पौडेल (तारानाथ पौडेल) र सदस्यहरुमा ठाकुर अधिकारी, कमल थापा, शुदर्शन गुरुङ, कमल थापा, नन्दलाल चौधरी, ज्ञान बाहादुर भण्डारी, सबिता थापा, निता थापा निर्बिरोध निर्वाचित हुनुभएको छ।


बि.स. २०३३ सालमा स्थापना भएको झरना स्पोर्ट्स क्लबले समाजमा विभिन्न रक्तदान , बिद्यालय सहयोग , स्वास्थ्य सस्थामा सहयोग , वृक्षारोपण, जेष्ठ नागरिक सम्मान , खेलकुद लगायतका सामाजिक कार्यहरु गर्दै आएको छ । क्लबको स्वामित्वमा कुञ्ज पार्क व्यवथापन र फ़ाउण्टेन पार्कको समेत काम अगाडी बढेको छ। 

कमेन्ट गर्नुहोस्