
तिलोत्तमा,साउन १७ गते २०८१।रुपन्देहीको तिलोत्तमा ४ स्थित ओम अस्पतालमा प्रसुती गराउन गएकी एक महिलाको मृत्यु भएको छ । मृतकका आफन्तले अस्पतालको लापरबाहीले मृत्यु भएको आरोप लगाएका छन् । मणिग्रामस्थित शान्ति नमूना माविमा अध्यापनरत सिर्जना पौडेलको अप्रेशनबाट बच्चा जन्माइसकेको केही घण्टामा मृत्यु भएको हो ।उनलाई सुरुमा सुत्केरी गराउन तिलोत्तमा–४ ड्राइभरटोलमा रहेको ओम महिला तथा बाल अस्पतालमा बुधबार साँंझ लगिएको थियो ।
त्यहाँं सर्जरी गरेर उनले साढे आठ बजे छोरी जन्माएकी थिइन् ।आफन्तका अनुसार अपरेशन गरेर होसमा आइ उनी दिउँसो एक बजेसम्म पनि छोरीलाई हेरेर प्रसन्न मुद्रामा थिइन्। त्यहाँं लगे रगत चेकजाँंच गर्दा रगतमा खराबी देखियो । आइसीयुमा राख्नु पर्ने भनिएपछि उनलाई लुम्बिनी प्रादेशिक अस्पताल लगियो। अपरेशन गर्नु अगाडिसम्म ठिक भएको उनको रगतमा संक्रमण देखियो । उनलाई सेतो रगतको आवश्यकता पर्यो ।
यसैका लागि बुटवल रक्तसञ्चार केन्द्रमा पुगेर खोजियो । तर त्यहाँ रगतलाई सेतो बनाउने मेशिन नचलेको रहेछ । त्यसपछि फेरि रगतलाई ह्वाइट रगत बनाउन भैरहवा मेडिकल कलेज लगियो । यी सबै काम गर्दा राति १२ बजिसकेको थियो । जतिबेला सिर्जनाको निधन भैसकेको थियो ।अकस्मात स्वास्थ्य जटिल भएको र त्यहाँदेखि लुम्विनी प्रादेशिक अस्पतालमा लगेको केही घण्टाभित्रै अकस्मात मृत्यु भएको भन्दै आफन्तहरुले आफ्नो प्रयाप्त सुबिधा नहुँदा प्रसुती गराउने ओम अस्पातालको लापरबाहीको कारण सो घटना भएको भन्दै कारबाहीको माग गरेका छन् ।
आइसियु नै नभएको अस्पतालमा शल्यक्रिया गर्न दिने व्यवस्था, ब्लड बैङ्कमा सेतो प्लेटलेट्स बनाउने मेशिन नै नचलेको अवस्थाले अकालमा ज्यान गुमेको भन्दै आफन्तले दुःख व्यक्त गरेका छन् ।मृत्यु भएकी सृजनाको यो दोश्रो सन्तान हो । उनको यसअघिकी ६ वर्षीया छोरी छिन् । तर उनी पनि अटिजमकी विरामी हुन् । यसले ती दुवै छोरीको भविष्य अन्धकार भएको छ । दुवैको पालनपोषण कसरी र कसले गरिदेला भन्ने चिन्ता छाएको आफन्तले बताएका छन् ।
कमेन्ट गर्नुहोस्