लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनीमा कांग्रेस र एमालेबिच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति

tillotmacitynews - 2024 Jul 24 09:38 PM
IMG

तिलोत्तमा सिटी, २०८१,साउन ९ गते । नेपाली कांग्रेस र नेकपा एमालेबिच लुम्बिनी प्रदेशमा सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको छ । सहमति अनुसार पहिलो चरणमा एमाले र दोस्रो चरण कांग्रेसले सरकारको नेतृत्व गर्नेछन् । 


बुधबार कांग्रेस र एमालेबिच प्रदेश सरकार सञ्चालनका लागि ६ सदस्यीय कार्यसम्पादन समिति गठन पनि गरेका छन् । समितिमा एमालेबाट भूमिश्वर ढकाल, भोजप्रसाद श्रेष्ठ, तुलसीप्रसाद चौधरी छन् । यस्तै कांग्रेसबाट जन्मजय तिमिल्सेना, धनेन्द्र कार्की र बैजनाथ कलवार रहेका छन् ।​ समितिले मन्त्रिमण्डल गठन र जिम्मेवारी बाँडफाँट गर्ने छ । नीतिगत कार्यसम्पादनका लागि धारणा बनाउन समिति बनाएको एमालेका एक सांसदले जानकारी दिए ।


लुम्बिनीमा ९ सदस्यीय मन्त्रिमण्डल बने पनि मन्त्रीहरू सबै विनाविभागीय रहेका छन् ।उनीहरूलाई योग्यता र दक्षताका आधारमा मन्त्रालयको जिम्मेवारी दिन समितिले सुझाव दिनेछ । 

कमेन्ट गर्नुहोस्