लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

आज राती मुसलधारे पानी पर्ने सम्भावना

IMG

साउन ५, २०८१ शनिबार,तिलोत्तमा।आज राति देशका केही ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना छ । विशेष गरेर लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् शान्ति कंडेलले जानकारी दिनुभयो ।


यस्तै सबैजसो प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि उहाँले जानकारी दिनुभयो । तर देशैभर एकैपटक ठूलो झरी पर्ने सम्भावना भने एक दुई दिनको लागि छैन ।पछिल्लो तीन घण्टामा मकवानपुरगढी, भक्तपुरको नगरकोट, चितवनको देवघाट, दोलखाको जिरी, पूर्वी नवलपरासीको डण्डा, दैलेख, कास्की, म्याग्दी, प्यूठान लगायतका जिल्लामा ठूलो पानी परेको छ ।

कमेन्ट गर्नुहोस्