लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तामामा "रजोनिबृती, मनोशिक्षा तथा यौन स्वास्थ शिक्षा सम्बन्धी अभिमुखिकरण कार्यक्रम"

IMG

तिलोत्तमा, असार २६ गते २०८१। लायन्स क्लब अफ तिलोत्तमा स्वाभिमान,सिर्जनशिल सस्था (सिन)नेपाल र आनन्दबन टोल बिकास सस्थाको संयुक्त आयोजनामा "रजोनिबृती, मनोशिक्षा तथा यौन स्वास्थ शिक्षा सम्बन्धी अभिमुखिकरण कार्यक्रम" तिलोत्तमा-६ को गिता मन्दिर हलमा आज सम्पन्न भयो ।कार्यक्रममा महिला र पुरुष दुबैमा हुने Menopause & Andropause को बारेमा र त्यस्तो स्टेजमा आफुलाई भौतिक र मनोबैज्ञानिक रुपमा कसरी सहजै तयारी गर्ने, नकारात्मक ब्यबहारलाई सकारात्मक तिर कसरी लैजान सकिन्छ भन्ने बिषयमा प्रशिक्षण दीइएको थियो। 


कार्यक्रममा प्रजनन अंगहरु र ब्याक्तिगत सरसफाई कसरी गर्ने भन्ने कुराहरु प्रशिक्षक सिन नेपालका महासचिव कल्पना ढकाल र फिल्ड मोटिभेटर सुप्रीया खनालले निकै सरल भाषामा प्रशिक्षण गराउनुभएको थियो। कार्यक्रममा आन्दबन टोल बिकास सस्थाका अध्यक्ष छविलाल भण्डारीले अहिलेको हाम्रो समाजमा स्वास्थ र मनोशिक्षा निकै आवश्यक रहेको जानकारी गराउनुभयो ।कार्यक्रम लायन्स क्लब अफ तिलोत्तमा स्वाभिमानका अध्यक्ष लायन अनिल पुरुष (सस्कार )को अध्यक्षता ,ज्येष्ठ नागरिक कालिका रेग्मीले उद्घाटन गर्नुका साथै बिष्णु अर्यालको सन्चालनमा सम्पन्न भएको थियो । 


लायन्स क्वब तिलोत्तमा स्वाभिमान का पदाधिकारीहरु एबम सदस्यहरू, टोल बिकास सस्था का पदाधिकारी एबम सदस्यहरु, टोलभित्र का आमा समूहका अध्यक्षहरु लगायत सदस्यहरुको उल्लेख्य उपस्थितिको रहेको थियो ।यस्ता किसिम कार्यक्रमहरु समुदायसग सहकार्य गरि अबका दिनहरुमा पनि गर्ने प्रतिबद्धता लायन्स क्लब अफ तिलोत्तमा स्वाभिमानका अध्यक्ष लायन अनिल पुरुष (सस्कार) ले  गर्नुभएको छ।


कमेन्ट गर्नुहोस्