लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वास मत लिने

tillotmacitynews - 2024 Jul 05 04:53 PM
IMG

तिलोत्तमा सिटी, २०८१,असार २१ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही असार २८ गते विश्वासको मत लिनुहुने भएको छ प्रधानमन्त्रीको सचिवालयअनुसार प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभाको असार २८ गते बस्ने बैठकमा विश्वास मत लिन लाग्नुभएको हो ।


नेपाली कांग्रेस र नेकपा (एमाले)ले गठबन्धन गरेर नयाँ सरकार बनाउने सहमति गरेसँगै प्रधानमन्त्री प्रचण्डले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने माग उठिरहेको छ । तर प्रधानमन्त्रीले संविधानको व्यवस्थाबमोजिम विश्वासको मत लिने तयारी अघि बढाउनुभएको हो ।


एमालेले बुधबार मात्रै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि एमाले ८ जना मन्त्रीहरुले राजीनामा दिएका थिए । गत असार १७ गते कांग्रेस र एमालेबिच नयाँ समीकरण बनाउँदै सरकार गठन र संविधान संशोधनलगायत मुद्दा अघि बढाउने सहमति भएको थियो ।

कमेन्ट गर्नुहोस्