लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाको जानकीनगरमा बसको ठक्करबाट आमाछोरा गम्भीर घाइते

IMG

तिलोत्तमा, असार २१ गते २०८१। आज दिउसो करिव २ बजेतिर तिलोत्तमा नगरपालीका वडा न.३ जानकीनगर स्थित सिद्धार्थ राजमार्ग सडक खण्डमा  लु २ ख ६८८८ नं को बसले बाटो क्रस गर्दै गरेको पैदल यात्रीलाई ठक्कर दिंदा आमाछोरा गम्भीर घाइते भएका छन्। जिल्ला गुल्मी दरबार गा.पा ६ घर भई हाल तिलोत्तमा-२ शंकनगर स्थित डेरा गरी बस्ने ३० बर्षीय रुपा खत्री र उनको छोरा ३ बर्षीय प्रिन्स खत्रीलाई लाई ठक्कर दिदा दुवै जना घाईते भएका हुन्। 


घाइते भएकी रुपा खत्रीलाई उपचारको लागि क्रिमसन अस्पताल मणिग्राम लगिएको टाउको र शरिरमा चोटलागेको उनको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। त्यस्तै छोरा प्रिन्सको टाउकोमा चोट लागि उपचारको लागि चौराहा अस्पताल बुटवल पठाईएको प्रहरीले जनाएको छ। दुर्घटनाको थप अनुसन्धानका लागि बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कमेन्ट गर्नुहोस्