
तिलोत्तमा सिटी, २०८१,असार १७ गते । सोमबार तिलोत्तमा नगरपालिकाको आयोजनामा भएको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य शाखा प्रमुख ज्ञान प्रसाद पौडेलले स्वस्थ्य सबैभन्दा महत्वपूर्ण भएको र स्वास्थ्य ठिक भए मात्र मानिसले अन्य काम गर्न सक्ने उल्लेख गर्दै स्वास्थ्य क्षेत्रका सेवालाई जनताको माझमा प्रभावकारी रुपमा लैजान महत्वपूर्ण भूमिका खेल्न स्वास्थ्य स्वयंसेविकालाई आग्रह गर्नुभयो । स्वास्थ्य स्वयंसेविका स्वस्थ्य क्षेत्रका महत्वपुर्ण पाटो रहेको साथै समाजका स्थानिय स्वास्थ्य समस्याको निराकरण गर्ने कार्य गर्ने हुनाले स्वास्थ्य स्वयंसेविकाहरुको भुमिका अविस्मरणिय रहेको तिलोत्तमा नगर उपप्रमुख जागेश्वर देवि चौधरीले बताउनुभयो। साथै बालबालिकाको मातृत्व र पोषणमा विशेष ख्याल गर्न अभिभावकहरुलाइ सचेत गराउनु पर्नेमा पनि जोड दिनुभयो।
कार्यक्रममा तिलोत्तमाका करिव ३५ स्वास्थ्य स्वयंसेविकाको उपस्थिति रहेको थियो। कार्यक्रमअन्तर्गत गर्भवतीको नियमित स्वास्थ्य जाँच, उनीहरूका लागि प्रसूति सेवा साथै शल्यक्रिया सेवाजस्ता मातृ स्वास्थ्य सेवासँग सम्बन्धित कार्यक्रम नियमित सञ्चालन,सँगै गर्भवतीलाई नियमित जाँच तथा विशेषज्ञ सेवालगायत परीक्षण र उपचार सेवाबारे छलफल भएको थियो।
कमेन्ट गर्नुहोस्