
तिलोत्तमा सिटी, २०८१,असार १२ गते । तिलोत्तमा नगरपालिका पुर्ण खोप सुनिश्चितता पालिका घोषणा भएको छ। नगरपालिका क्षेत्र भित्रका १६ महिना देखि २३ महिनाका सम्पुर्ण बालबालिकाहरुले पुर्णखोप पाएको र ५ वर्ष मुनिका कुनै पनि बालबालिका खोप लगाउन नछुटेको सुनिस्चितता गर्दै नगरपालिकालाइ पुर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो। नगरपालिकाले जिल्ला समन्वय समिती रुपन्देहीका प्रमुख उमकान्त चपाई, जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालको रोहवरमा पूर्ण खोप दीगोपना सुनिश्चितता पालिका घोषणा गरिएको हो ।
बुधबार नगरपालिकाको सभाहलमा घोषणा कार्यक्रम भएको हो। कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिती प्रमुख उमकान्त चपाईले पूर्ण खोप दीगोपना सुनिश्चितताको प्रमाणपत्र प्रदान गर्नुभयो साथै छिटै नै शुन्य होम डेलिभरी घोषणा पहल गर्न आग्रह गर्नुभयो। नगरपालिका भित्र रहेका सबै खोप केन्द्रहरुलाई आफ्नै भबनमा रहने व्यवस्था मिलाउन साथै गुगलमा स्वास्थ्य केन्द्रहरुको अपडेट गर्न जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालले आग्रह गर्नुभयो ।
नगरपालिका पूर्ण खोप दीगोपना सुनिश्चितता पालिका घोषणा गर्नका लागि हरेक क्षेत्रवाट भएको सहयोगको आभार प्रकट गर्दै यो घोषणाले नगरपालिकाको उचाई थप एक कदम अगाडी बढेको कार्यक्रमका अध्यक्ष एवमं नगरपालिका खोप समन्वय समितिका अध्यक्ष तिलोत्तमा नगरपालिका नगर प्रमुख रामकृष्ण खाणले बताउनुभयो । यो अभियानलाई सार्थक वनाउन जनप्रतिनिधी र कर्मचारीको महत्वपूर्ण भूमिका रहेको भन्दै धन्यवाद र आभार प्रकट गर्नुभयो ।
नगरपालिकालाइ पुर्णखोप सुनिश्चित घोषणाका लागि प्रभावकारी नियमित खोप सेवा सञ्चालन गरिएको,घरधुरि सर्वेक्षण,अभिलेख,खोप कार्यक्रमलाइ वार्षिक कार्ययोजनामा समावेश र स्विकृत लगायतका कार्यहरु गरिएको तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखा प्रमुख ज्ञान प्रसाद पौडेलले बताउनुभयो। घोषणा सभामा नगरउप प्रमुख जगेश्वरी देवि चौधरी , नगरका सबै स्वास्थ्य केन्द्रका कर्मचारी , १७ वटै वडाका जनप्रतिनिधी कार्यपालिका सदस्यहरुको सभागिता रहेको कार्यक्रममा स्वास्थ्य शाखाका खोप निरिक्षक केशव भट्रराईले कार्यक्रम संचालन गर्नु भएको थियो ।
कमेन्ट गर्नुहोस्