
तिलोत्तमा सिटी, २०८१,असार १२ गते । विश्व लागुपदार्थ विरुद्धको दिवसको अवसर पारि तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाले लागु औषध दुर्ब्यसनी सम्बन्धि अभिमुखिकरण कार्यक्रम गरेको छ। नगर वडा स्तरका बालमैत्री संजालका प्रतिनिधी एबम स्वास्थ्यचौकीका इन्चार्ज एबम प्रतिनिधिहरुमा नगरपालिकाको सभा हलमा उक्त कार्यक्रम भएको हो।
कार्यक्रममा बोल्दै तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाणले लागु पदार्थ दुर्ब्यसन बिरुद्ध सचेतना अहिलेको अवस्थामा बालबालिका, युवा र महिला दिदिबहिनीहरुको लागि अति आवश्यक रहेको बताउनु भयो। कुलतमा फसेर कयौं मान्छे अाफ्नाे जिवन बर्बाद गरिरहेका छन। प्रत्येक ब्यक्ति अाफ्नाे छाेरा छाेरी प्रति निगरानी राख्न जरुरी छ। लागुपदार्थ दुर्ब्यसनले सामाजिक, अार्थिक तथा स्वास्थ्य समस्याहरू निम्त्याउदछ । त्यसैले यसप्रकारका धुमपान, मद्यपान तथा लागुपदार्थकाे सेवनबाट टाढा रहनुपर्दछ र अरुलाई पनि यससम्बन्धी अाफुले थाहा पाएकाे सुचना र जानकारी प्रदान गरी जिम्मेवार नागरिकको परिचय दिनुपर्नेमा उहाँले जोड दिनुभयो।
बालबालिकामा भएको क्षमताहरुलाई विकास गर्दै बालबालिकालाई सकारात्मक बाटोतीर लैजान शिक्षक, अभिभावक र साथीहरू ठुलाे भुमिका खेल्ने साथै लागु पदार्थ सेवनले स्वास्थ्यमा हानि पुर्याउने हुनाले सचेत रहनु जरुरी रहेको तिलोत्तमा नगर उपप्रमुख जागेश्वर देवि चौधरीले बताउनुभयो। उक्त कार्यक्रमको सहजीकरण डा.बिनिता रेग्मी (नसा तथा मनोरोग विशेषज्ञ लुम्बिनी प्रादेशिक अस्पताल) ले गर्नुभएको थियो। कुलतमा फसेका बालबालिकालाइ समयमै सचेत गराइ उनिहरुको भविष्य बिग्रनबाट बचाउनु पर्ने साथै नगरले स्वास्थ्य क्षेत्रको विकासमा विभिन्न कार्यक्रमहरु गरिरहेको र भविस्यमा पनि गर्ने तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखा प्रमुख ज्ञान प्रसाद पौडेलले बताउनुभयो।
कमेन्ट गर्नुहोस्