लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनी प्रदेशलाई दिएको समर्थन समाजवादी पार्टीले फिर्ता लियाे

tillotmacitynews - 2024 Jun 23 06:10 PM
IMG

तिलोत्तमा सिटी,२०८१ असार ९ / / समाजवादी पार्टी नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टी संसदीय दलकी प्रमुख सचेतक अम्बिका काफ्लेले आज विज्ञप्ति जारी गर्दै आजका मितिदेखि नै प्रतिपक्ष दलको भूमिकामा बस्ने निर्णय भएको जानकारी गराएकी हुन् ।


यसअघि गत जेठ ५ गते बसेको पार्टीको लुम्बिनी प्रदेश समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । सोही अनुसार संविधानको धारा १८८ को उपधारा २ बमोजिम जनता समाजवादी पार्टी, नेपाल लुम्बिनी प्रदेश सभा संसदीय दललाई समेत सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन पार्टीले दिइसकेको विज्ञप्तिमा उल्लेख छ ।सो पार्टी विभाजनपछि काफ्ले उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीमै बस्नुभएको थियो । उहाँले सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि सरकार भने अल्पमतमा पर्दैन । 

कमेन्ट गर्नुहोस्