
तिलोत्तमा, जेष्ठ २७ गते २०८१। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले बजेटमै राखेर स्वरोजगारका लागि आत्मनिर्भरता भन्ने अभिप्रायले उद्यम,ज्ञान तथा रोजगार सुचना मेला सम्पन्न गरेको छ। तिलोत्तमा-९ मंगलापुर बोधी भिल्ला रिसोर्टमा सम्पन्न मेलामा करिव ४ हजारको उपस्थिति रहेको थियो।
नगरपालिका भित्र रहेर विभिन्न किसिस्मका तालिम, उद्यम, ब्यापार तथा उद्योग गरेका सफल व्यक्तिहरुको सफलताको कथा समेत प्रस्तुत गरिएको सो मेलामा शैक्षिक अन्वेषण,ज्ञान उद्यम रोजगारको अवसर खोजेका युवा तथा रोजगार प्रदायक संस्थाहरुको बाहुल्य उपस्थिति रहेको थियो।
सो अवसरमा तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाण, उपप्रमुख जगेश्वर देवी चौधरी,मेला मूल आयोजक समितिका संयोजक तथा वडा नम्बर-६ का अध्यक्ष गणेश पाठक, कार्यपालिका सदस्यहरु सुरेन्द्र श्री, रवि सेन्चुरी, उद्योग व्यापार संगठनका प्रेम जिएम , तिलोत्तमा उद्योग बाणिज्य संघका ज्ञानेन्द्र कार्की, चेम्बर अफ कमर्शका जेपी कंडेल, बाबुलाल भुसाल लगायतले बोल्दै तिलोत्तामामा उत्पादित बस्तु तथा सेवाको स्थानिय स्तरमै उपभोग गर्ने बानी बसालेर , त्यसको ब्राण्डिङ्ग गर्ने तथा बजारीकरणमा सहायोग गर्दै अघि बढ्नु पर्ने बिचार व्यक्त गरेका थिए।
करी ५० बढी स्टल रहेको सो मेलामा सहभागीहरुलाई प्रमाणपत्र समेत बितरण गरिएको थियो। मेलामा उपस्थित रोजगार खोजेका केहि युवाहरुलाई सेवा प्रदायक संस्थाका लागि रोजगारीको अवसर दिनुका साथै रोजगार अनलाईन फारम समेत भराइएको थियो।
कमेन्ट गर्नुहोस्