
तिलोत्तमा, जेष्ठ २६ गते २०८१। तिलोत्तमा नगरपालिकाले वडा नम्बर १० स्थित शान्तिनगरमा वडा कृषि संजालको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । वडा संजालले नगरपालिकाले आर्थिक बर्ष ०८०/०८१ मा सम्पादन गरेको कामको प्रभावकारीता तथा नागरिकको सन्तुष्टी तथा गुनासो सुनुवाई गर्ने उदेश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको वडा कृषि संजालका अध्यक्ष बिक्रम केसीले बताएका छन्।
संजालले नगरपालिकाले छुट्याएको १० लाख बराबरको वर्षभरी गरिएका योजना तथा प्रदान गरिएका सेवाको पादर्शीता सुनिश्चीत गर्नका लागी प्रत्येक वर्ष सार्वजनिक सुनुवाई गर्ने गरेको नगरपालिका कृषि शाखा प्रमुख दोमलाल भुसालले बताएका छन् ।
सो अवसरमा प्रमुख अतिथिको रुपमा आफ्नो मन्तव्य राख्दै नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले कृषिको समृद्धि बिना अन्य बिकासका योजना तथा जिबनस्तर उकास्न नसकिने भन्दै गाउँ गाउँबाट युवाहरुलाई कृषिमा आत्मनिर्भरताको लागि जोड्नु पर्ने बताए। नगरप्रमुख खाणले सुशासन प्रादर्शिता र जवाफदेहिताले समग्र बिकासमा निकास ल्याउने भन्दै सार्बजनिक सुनुवाईसंगै नगरपालिकाले दिएको रकमको सहि सदुपयोग हुनुपर्ने बताए। सो कार्यक्रममा स्थानिय कृषक, जनप्रतिनिधी तथा सरोकारवालाका साथै स्थानीयको उपस्थिती रहेको थियो।
कमेन्ट गर्नुहोस्