लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सूचना र प्रबिधि सबैभन्दा ठूलो तागत हो : पौडेल

IMG

तिलोत्तमा,जेष्ठ २२ गते २०८१। प्रमुख सत्तारुढ घटक एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वमा सूचना र प्रबिधि सबैभन्दा शक्तिशाली माध्यम भएको बताएका छन् । उनले सूचना र प्रबिधि भन्दा अर्को कुनै ठूलो तागत नभएको बताए । त्यही हकलाई विधिवत रुपमा नागरिकले पाउन हक उपभोग गर्न पाउने वातावरण बनाउनु कुनै पनि स्थानीय तहको लागि गर्वको विषय भएको बताए ।


सूचना र प्रबिधि सबैभन्दा ठूलो तागत हो : पौडेल

मंगलबार रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निर्माण भएको तिलोत्तमा सूचना प्रविधि तथा राष्ट्रिय झन्डा उद्यानको उद्घाटन गर्दै उनले सूचनाको हक प्रयोग गर्न र विभिन्न विषयको जानकारी लिन सूचना पार्कको यथेष्ठ प्रयोग गर्न उनले स्थानीयलाई आग्रह गरे ।राष्ट्रको गौरव राष्ट्रिय झन्डालाई पार्क निर्माण गरेर त्यसको गरिमासहित स्थापना गर्नु स्थानीय तहले राष्ट्रियतामा देखाएको सम्मानयुक्त भाव भएको पौडेलले जनाए ।


प्रतिनिधिसभा सदस्यसमेत रहेका पौडेलले अहिलेको अवस्थामा भएका धेरै ठूला राजनीतिक परिवर्तन लामो संघर्षपछिको उपलब्धि भएको बताए । उनले अघिल्लो पुस्ताले राणाशासन, निरंकुश पञ्चायत र राजतन्त्र हटाएर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएपछि बनेको संविधानका विषयमा आम जनतामा एउटा प्रश्न उब्जिएको बताए ।कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चापागाईंले समृद्ध नगरपालिकाले जनतालाई समेत समृद्ध जीवन जिउने आधार बनाउने भएकाले यसतर्फ तिलोत्तमा अघि बढेकामा बधाई ज्ञापन गरे ।नगर प्रमुख रामकृष्ण खाँणले राष्ट्रिय झन्डाले देशको सम्मान जनाउने भएकाले त्यसलाई स्थानीयस्तरमा गरिमाका रुपमा राख्न पाउनु सौभाग्य भएको बताए ।

कमेन्ट गर्नुहोस्