
तिलोत्तमा, जेष्ठ २० गते २०८१। महिला जनप्रतिनिधिको क्षमता विकासका लागि तिलोत्तमाका सबै वडाका महिला जनप्रतिनिधीहरुलाई क्षमता बिकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ । महिला जनप्रतिनिधिको नेतृत्व र क्षमता विकासका लागि सहज होस् र सेवाग्राहीको सेवाका लागि सकारात्मक चेतना होस् भनेर नगरपालिकाका वडा सदस्य महिलाहरुलाई अभिमुखीकरण गरिएको हो ।
जनप्रतिनिधिलाई आफ्नो हक, अधिकार र काम कर्तव्यको बारेमा जानकारी दिँदै व्यक्तिगत रुपमा क्षमतावान बनाउने लक्ष्यका साथ नगरपालिकाको आयोजनामा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको शाखा अधिकृत सिता घिमिरेले बताउनुभएको छ। कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख मन्जु कुमारी जैसी ढकाल र अधिबक्ता खुमकान्त पौडेलको सहाजिकरणमा भएको कार्यक्रम तिलोत्तमा नगरपालिकाका नगर उपप्रमुख जगेश्वर देवी चौधरीको अध्यक्षतामा भएको हो।
सो क्षमता बिकास कार्यक्रममा बोल्दै नगर प्रमुख रामकृष्ण खाणले महिला जनप्रतिनिधिले बिकास र कानुंका बारेमा जानकारी राख्दै जनताको सेवामा कार्य गर्न यस्ता प्रशिक्षणले ठुलो भूमिका खेल्ने जानकारी दिनुभयो।सोहि अवसरमा बोल्दै नगर उपप्रमुख जगेश्वर देवी चौधरीले महिलाको नेतृत्व र स्वरोजगार तथा आत्मनिर्भाराले समाजलाई समृद्धिको बाटोमा लम्काउने हुँदा महिला पनि ससक्त भएर लाग्नुपर्ने बताउनुभएको छ। कार्यक्रमको संयोजन बैठक शाखा प्रमुख अधिकृत सिता घिमिरेले गर्नुभएको थियो।
कमेन्ट गर्नुहोस्