
तिलोत्तमा / जेष्ठ १५ गते। रुपन्देहीको तिलोत्तमा नगरपालिकाको आयोजना खेलकुद बिकास समितिको व्यवस्थापनमा नगरपालिकाका जनप्रतिनिधी र कर्मचारीहरु बीच भएको मैत्री पुर्ण 9A साइड फुटबल प्रतियोगिता सम्पन्न भएको छ। गणतन्त्र दिवसको अवसर पारेर बिहानैबाट संचालन गरिएको प्रतियोगितामा स्वास्थ्य शाखालाई नगर प्रहरी कर्मचारीले पराजित गरेका छन् भने नगर कर्मचारी ले वडा कर्मचारीलाई ट्राईब्रेकरमा पराजित गरेको थियो भने, महिला जनप्रतिनिधी र महिला कर्मचारी बिचको खेलमा महिला जनप्रतिनिधीले ट्राइब्रेकरमा महिला कर्मचारीलाई पराजित गरेका छन् भने पुरुष जनप्रतिनिधी र पुरुष नगर कर्मचारी बिचको खेलमा पुरुष जनप्रतिनिधीले ट्राइब्रेकरमा नगर कर्मचारीलाई पराजित गरेका छन्।
प्रतियोगिता नगराप्रिसरमै रहेको मैदानमा सम्पन्न भएको थियो। सो अवसरमा बोल्दै नगरप्रमुख रामकृष्ण खाणले नगरपालिकाको सम्रिध्ही र स्वास्थ्यका लागि जनप्रतिनिधी र कर्माचारी एकजुट बन्न यस्ता प्रतियोगिताले ठुलो भूमिका रहने बताउनुभयो। सो अवसरमा बोल्दै नगर उपप्रमुख जगेश्वर देवी चौधरीले मौसम प्रतिकुलताका करण प्रतियोगितामा केहि असहज भएपनी सबैको उत्साह र प्रतियोगितामा सहभागिताले उत्प्रेरणा जगाएको बताउनुभयो। उहाँले खेल मार्फत सबैको स्वास्थ्य लागि सकारात्मक प्रभाव पार्ने हुँदा सहभागी सबैलाई धन्यबाद ज्ञापन गर्नुभएको थियो।
प्रतियोगिताबारे बोल्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले उत्साहित प्रतियोगितामा सहभागिताले थप अन्य खेलकुदको प्रतियोगिताका लागि जिम्मेबार बनाएको र मैत्रीपूर्ण भएपनि निकै प्रतिश्प्रधात्मक खेल भएको बताउनुभयो।
कमेन्ट गर्नुहोस्