
तिलोत्तमा, १२ जेठ २०८१ ।रुपन्देहीको तिनाउ नदीमा डुबेर १५ बर्षीय एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तिलोत्तमा नगरपालिका-६ पुरानो सडकका १५ वर्षीय बालक दिब्यांस भुसाल रहेका छन् । घरबाट बिहान साढे ५ बजेतिर फुटबल खेल्न भनि घरबाट निस्की नयामिल १० नम्बर मैदानमा पुगेका भुसाल नजिकै रहेको नदीमा नुहाउन गएकोबेला शनिबार मृत्यु भएको ईलाका प्रहरी कार्यालय मंगलापुरले जनाएको छ। ३ जना साथी सहित गएका उनि किनारामा नुहाउदै गर्दा एक्कासी पानी जमेको दलदलमा फसेका थिए। स्थानिय प्रत्यक्षदर्शिका अनुसार पौडिने क्रममा दलदलमा फासी निस्कन नसकेपछि उनको डुबेर मृत्यु भएको बताएका छन्।
भुसालका छिमेकीका अनुसार तिलोत्तमा नगरपालिकाले उत्खनन गरेको सो ठाउमा बढी गहिरो खाल्डो खनेकोले नुहाउने क्रममा सो ठाउमा पुगेर निस्कन नसक्दा मृत्यु भएको बताएका छन्। बिना सुचना बोर्ड तथा छेकबार नगर्दा बच्चाहरु त्यस स्थानमा नियमित रुपमा पौडिने जाने स्थानियले बताउछन। निर्माण कम्पनी बस्याल निर्माण सेवाले आफुहरु मापदण्ड भन्दा बाहिर गएर उत्खनन नगरेको र नगरपालिकाले नियमित रुपमा अनुगमन समेत गरेको संचालक सुमन बस्यालले बताएका छन्।
मृतक बालकका बुवा नारायण भुसाल भारतको दिल्लीमा कार्यरत् रहेका छन् भने आमा तारा र दाजू शिवम भुसाल घरमै रहेका छन्। घटनाबारे अनुसन्धान भैरहेको र मृतक वालकको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्