लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा नगरपालिका पुग्न भाडा तिर्नुपर्दैन,सेवाग्राहीका लागि निःशुल्क अटोसेवा

IMG

तिलोत्तमा,२०८१ जेष्ठ १० गते। के तपाई तिलोत्तमा नगरपालिका आफ्नो कुनैपनि कामले जानु पर्ने भएको छ ? त्यसो हो भने अब हाइवे मै छैन टाढा छ जान आउन दु:ख छ भन्ने दिन गए। सेवाग्राहीलाई परेको असहजतालाई ध्यानमा राखी रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सेवाग्राहीका भाडा तिर्ने नपर्ने गरि निःशुल्क अटोरिक्सा सञ्चालन गरेको छ । नगरपालिकाले शंकपुरदेखि तिलोत्तमा नगरपालिकाको कार्यालयसम्म जाने आउने सेवाग्राहीहरुका लागि १५ /१५ मिनटमा आउने जाने गरि निःशुल्क अल्टो संचालनमा ल्याइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताउनुभयो। 


नगरप्रमुख रामकृष्ण खाणले भौतिक र मानवीय विकास मात्रै नभई नगरवासीहरु पनि सेवा दिनका लागि निःशुल्क अटो रिक्सा सञ्चालन गरिएको बताए । नगरपालिकाको हरेक काम छिटो छरितो हुने बिश्वासका साथ् टाढा तथा नजिकबाट मुख्य सडक प्रयोग गरेर आउने सेवाग्राहीका लागि भनेर नि:शुल्क अटोसेवा नगरबासीलाई प्रदान गरेको बताए ।महिलालाई स्वरोजगार बनाउन तिलोत्तमा नगरपालिकाले थुप्रै कदम चालेको बताउदै उपप्रमुख जगेश्वरदेवी चौधरीले महिलालाई चालकको रुपमा राखिएको सो अटोले सेवाग्राहीलाई सहज तरिकाले नगरपालिका आउन जान सहयोग गर्ने बताउनुभयो। महिलाहरु पनि अवसर पाए जुनसुकै काम गर्न सक्छन् भन्ने कुरालाई पुष्टि गर्नका लागि अटो चालक महिला राखिएको नगर उपप्रमुख चौधरीले बताउनुभयो। 


तिलोत्तमा नगरपालिकाको कार्यालय मुख्य सडकदेखि करिब १ किलोमिटर भित्र भएकाले सेवाग्राही नगरपालिकाले सेवा लिन आउँदा धेरै दुःख भएकाले अटो रिक्सा सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत अर्यालले बताउनुभयो।तत्कालका लागि एउटा मात्रै अटो संचालनमा ल्याइएको र पछि सेवाग्राहीलाई कार्यसहजताका लागि सेवाग्राहीको चाप बढेमा आवश्यकता अनुसार अटोको संख्या बढाउँदै लगिने उहाँले बताउनुभयो।


कमेन्ट गर्नुहोस्