लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

प्रथम युवा सम्मेलन तिलोत्तमामा सम्पन्न

IMG

तिलोत्तमा,२०८१ जेष्ठ ६ गते। युवा उद्ममशीलता प्रवद्र्धनका लागि स्टार्टअप निति ल्याउनुपर्ने र युवाहरुको नवप्रर्तनीय सोच माथी लगानी गर्न छुट्टै आइडिया बैंक स्थापना गर्नुपर्ने धारणा सहित तिलोत्तमामा प्रथम युवा सम्मेलन २०८१ सम्पन्न भएको छ । 


तिलोत्तमा नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा युवा मैत्री स्थानिय शासन निर्माणका लागि सम्पन्न सम्मेलनले समाज निमार्णमा सबै पक्ष जिम्मेवार बन्नुपर्ने, नेपाली उत्पादन र सोचलाई संघीय, प्रदेश र स्थानीय तिनवटै सरकारले प्राथमिकता दिनुपर्ने, सानो लगानी बाट समेत ठुलो आम्दानी गर्न सकिने हुँदा युवाहरुले योजना बनाएर फरक तरिकाले उत्पादकिया क्षेत्रमा लाग्नु पर्ने सारांश सहित सो सम्मेलन सम्पन्न भएको छ। 


सम्मेलनको समुद्घाटन पुर्व तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणले गरेका थिए भने बिहानै देखि शुरु सो कार्यक्रममा करिव ६ वटा शेसनमा युवा समृद्धि र सकारात्मक सोच तथा उद्धमशिलता र आत्मनिर्भरताको बारेमा बहस गरिएको थियो। संघर्ष र सफलताको कथा समेत जोडिएको बहसमा तिलोत्तमा भित्रका उद्धमीहरुले सहभागिता जनाएका थिए।  


सम्मेलन मुल आयोजक समितिका संयोजक रवी सेन्चुरीले बैंक, बित्तिय संस्था, प्राइभेट इक्विटी, भेञ्चर क्यापिटल र बिभिन्न प्राइभेटमार्फत नेपालमा युवा उद्ममशीलता प्रबर्द्धन हुदै गएको सन्दर्भ उल्लेख गदैं आगामी दिनमा भौतिक बिकास संगै मानवीय विकासलाई समेत जोड दिदै योजना अनुरुप नेपालको युवा उद्ममका लागि सकारात्मक रहेको निष्कर्ष समेत निकालेको जानकारी दिए । 


युवा उद्ममका चुनौती र अवशर दुवै भएकोले चुनौतीलाई अवशरमा बदल्न डिजिटलमैत्री उद्ममको परिकल्पनामा नगरपालिका का प्रमुख प्रशासकिय अधिकृत नारायण अर्यालले जोड दिएका थिए ।सम्मेलनमा आफ्नो भनाई राख्दै नगरपालिका का उपप्रमुख जगेश्वर देवी चौधरीले महिलाहरु स्वरोजगार संगै उतापादंशील भए मात्र आत्मनिर्भरता हुने र समाजमा स्थापित हुन सकिने बताईन। बहसमा शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख गंगाराम आचार्य संगै सहभागी बक्क्ताहरुले उद्ममशीलताका अनुभव, धारणा र अहिलेको अवस्थाका सम्वन्धमा युवाहरुसंग अन्तरक्रिया गरे ।


युवाहरुको नवीन ज्ञान, सोच, सीप वा प्रविधिको प्रयोग गरेर युवाहरुले पनि बजारको सम्भाब्यता अध्ययन गरेर नयाँ आइडिया ल्याउनुपर्ने सम्मेलनको निष्कर्ष रहेको छ । सम्मेलनमा १७ वडाका युवा उद्ममी र युवा उद्ममी बन्न चाहने करिव ४०० युवाहरुको सहभागीता रहेको थियो । 



कमेन्ट गर्नुहोस्