
तिलोत्तमा,२०८१ जेष्ठ ३ गते। तिलोत्तमामा आइ.पि.भी (पोलियो) खोप अभियान संचालन हुने भएको छ । पोलियो रोग उन्मुलन गर्ने उद्धेश्यका साथ ५ देखि ८ वर्ष उमेर समुहका बालबालिकाहरुलाई खोप अभियान संचालन हुने भएको हो ।तिलोत्तमाका सबै स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य केन्द्र, शहरी स्वास्थ्य केन्द्रमा सो खोप सेवा संचालन हुने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ज्ञान प्रसाद पौडेलले जानकारी दिनुभयो ।
बिहिबार तिलोत्तमामा सम्पन्न जिल्ला खोप समन्वय समिति र बिद्यालयका प्रधानाध्यापक ता शिक्षक प्रतिनिधीसंगको नगर स्तरिय अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रममा नगरका १ सय १० जनाको सहभागिता रहेको थियो। बालबालिकालाई नजिकको स्वास्थ्य संस्थामा लागि खोप लगाउन बिद्यालयको ठुलो भूमिका हुने भन्दै आवश्यकताको हिसाबले विद्यालयमा खोप केन्द्र रहने गरी अभियान सञ्चालन हुने छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयका खोप अधिकृत र स्वास्थ्य शाखा प्रमुखको सहजीकरणमा सम्पन्न भएको कार्यक्रममा नगरप्रमुख रामकृष्ण खाण, उपप्रमुख जगेश्वर देवी चौधरी, सबै वडाका वडा अध्यक्षहरु , कार्यपालिका सदस्य, बिद्यालयका प्रधानाध्यापक, शिक्षक प्रतिनिधी, संचारकर्मी लगाएतको उपस्थिति रहेको थियो ।नेपालबाट सन् २०२६ सम्म पोलियोरोग निर्मुल गर्ने लक्ष्यका साथ जेष्ठ १३ गते देखि राष्ट्रव्यापी रुपमा यो अभियान सञ्चालन हुँदैछ ।
सो अवसरमा बोल्दै नगर प्रमुख खाणले खोपद्वारा विभिन्न रोग निर्मुल गरिने हुँदा पहिले खुवाउने पोलियो थोपालाई अहिले लगाउने खोपको रुपमा सबै बालबालिकालाई लगाउने बाताबरण मिलाउन सबै नगरबासीहरुलाई आग्रह गर्नुभयो। सो अवसरमा बोल्दै नगर भित्रका सामुदायिक तथा संस्थागत बिद्यालयको सहयोगले मात्र बालबालिकालाई खोप अभियानमा सरिक गराउन सहज हुने भन्दै सबैको चासोको बिषय बनाई यो अभियानलाई सफल पार्न नगर उपप्रमुख जागेश्वर देवी चौधरीले आग्रह गर्नु भयो। कार्यक्रमको संचलान जनस्वास्थ्य निरिक्षक केशव भट्टराईले गर्नुभएको थियो।
कमेन्ट गर्नुहोस्