लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाका बिषयगत समितीबीच क्षमता बिकास कार्यक्रम सम्पन्न

IMG

तिलोत्तमा,२०८१ जेष्ठ ३ गते।  रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आफ्ना मातहतका बिषयगत समितिहरुको क्षमता बिकास कार्यक्रम सम्पन्न गरेको छ।  नगरपालिकाको समग्र बिकासका लागि कम गर्दै आएको बिषयगत समितिका प्रगती, समिक्षा सहित सुझाव र बजेट बनाउने बिषयमा समेत अन्तर्क्रिया भएको नगरपालिकाका सामाजिक संस्थागत तथा सुशासन समितिका संयोजक राधा शाहीले बताउनुभयो। 


नगरपालिकाको समग्र मानवीय र भौतिक बिकासमा बिषयगत समितिको ठुलो योगदान रहेकोले थप क्षमता विकासले नगरलाई अझ समृद्ध बनाउन बल पुर्याउने नगर प्रमुख रामकृष्ण खाणले बताउनुभयो। सो क्षमता बिकास कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख खाणले जनताको सेवकको रुपमा निर्वाचित भएपछी हालसम्म आउदा नगरपालिकाले धेरै ठुलो फड्को मारेको र त्यसमा सबै जनप्रतिनिधि लगायत बिषयगत समितिको महत्वपुर्ण योगदान रहेको बताउनुभयो।सो अवसरमा बोल्दै प्रमुख नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले जनप्रतिनिधि संगै बिषयगत समितिको क्षमता विकासले जनप्रतिनिधी कर्मचारी र सेवाग्राहीहरुको लागि सेवा प्रवाहमा सहजता ल्याउदै नगरको बिकासमा टेवा पुग्ने बताउनुभयो। 


सो अवसरमा बिधेयक समिति,बिधायन समिति,लेखा समिति,भौतिक निर्माण तथा पूर्वाधार समिति, सामाजिक संस्थागत तथा सुशासन समितिका संयोजकहरुले आ आफ्ना प्रस्तुति राख्नुभएको थियो।समितिका संयोजकहरुले राख्नुभएको सुझाव र छलफलले नगरको समृद्धिलाई जोडेको कार्यक्रमका बक्ताहरुले बताएका थिए। 

कमेन्ट गर्नुहोस्