
तिलोत्तमा सिटी,२०८१ वैशाख ३१ गते // तिलोत्तमा नगरपालिकाको आयोजना र अभिभावक संघ रुपन्देहीको समन्वयमा सञ्चालित सामुदायिक तथा संस्थागत विधालयका अभिभावक सँग सोमबार मदानि होटल तिलोत्तमा शंकरपुरमा अन्तरक्रिया कार्यक्रम समपन्न भएको छ। शिक्षाको गुणस्तर वृद्धिका लागि तथा विधार्थिको समग्र विकासका लागि उक्त कार्यक्रम गरिएको र कार्यक्रमबाट सिकेका कुरा अभिभावकहरुले वास्तविक जिवनमा पनि लागु गर्न तिलोत्तमा नगर शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख गंगाराम आचार्यले स्वागत मन्तव्य राख्दै आग्रह गर्नुभयो। उक्त कार्यक्रमको संचालन शिक्षा शाखा अधिकृत सारदा भट्टराइले गर्नुभएको थियो। कार्यक्रममा करिव २०० अभिभावक तथा विधालय व्यावस्थापन समिति अध्यक्षहरुको उपस्थिति रहेको थियो।
शिक्षामा अभिभावकहरुको महत्वपुर्ण भुमिका रहेको साथै अभिभावकको अनुसरण सन्तानले गर्ने हुनाले अभिभावकले पनि पढाइमा रुचि देखाउन जरुरी रहेको कार्यक्रमका अध्यक्ष तिलोत्तमा नगरपालिका नगर प्रमुख रामकृष्ण खाणले बताउनुभयो । नगरलाइ शैक्षिक हवका रुपमा विकास गर्ने साथै बिचैमा विधालय छाडने विधार्थिहरुको सङख्यामा सुधार ल्याउन पनि आवश्यक रहेको उहाँले जानकारी दिनुभयो । अभिभावक संघ रुपन्देहिका अध्यक्ष लोकनाथ ज्ञवालिले कार्यक्रममा सिकेका कुरा अभिभावकले लागु गर्ने कुरामा आफु आशावादि रहेको बताउनुभयो । विधार्थिको पालनपोषणमा मात्र नभइ शैक्षिक पक्षमा पनि विषेश जोड दिन आवश्यक रहेको तिलोत्तमा नगर कार्यपालिका सदस्य रवि सेन्चुरीले बताउनुभयो। वर्तमान प्रतिस्पर्धि बजारमा दक्ष जनशक्ति उत्पादनको मुख्य केन्द्रविन्दु विधालय रहेको तसर्थ विधार्थिहरुलाइ गुणस्तरिय शिक्षा प्नदान गर्न जरुरी रहेको पनि जानकारी दिनुभयो।
कार्यक्रममा प्रशिक्षक अर्जुन भट्टद्वारा विधार्थिको मनोविज्ञान तथा अभिभावकले उनिहरुलाइ गर्नुपर्ने समग्र मार्गदर्शनको जानकारी दिनुभयो। विधार्थिका फरक फरक क्षमता हुने र उनिहरुको रुचि अनुरुप अभिभावकले व्यावहार गर्नुपर्ने कुराहरुको पनि कार्यक्रममा छलफल भएको थियो। कार्यक्रममा सहभागि भइ धेरै सिक्ने अवसर प्राप्त गरेको र व्यावहारमा पनि लागु गर्ने उपस्थित अभिभावकहरुले बताउनुभयो।
कमेन्ट गर्नुहोस्