
तिलोत्तमा सिटी,२०८० वैशाख ३० गते । विश्व नर्सिङ दिवसको अवसरमा तिलोत्तमा नगरपालिका अन्तर्गतका सम्पुर्ण नर्सिङ कर्मचारीहरुलाइ परिमार्जित HMIS तालिम दिइएको छ। तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाद्वारा आयोजित उक्त कार्यक्रममा तिलोत्तमा नगरपालिका अन्तर्गतका ४८ जना नर्सिङ कर्मचारीहरुको उपस्थिति रहेको थियो । नर्सिङ दिवसको अवसरमै उनिहरुको कार्य सहजताका लागि परिमार्जित HMIS तालिम पनि प्रदान गरिएको हो। नर्सहरुको कार्यको प्रशंसा स्वरुप उनिहरुलाइ तिलोत्तमा नगरप्रमुख रामकृष्ण खाणले टिका,अविरले सम्मान पनि गरेका हुन साथै उक्त कार्यक्रमको संचालन नर्सिङ अधिकृत लक्ष्मी घिमिरे आचार्यले गरेकी हुन। स्वास्थ्य सम्बन्धि विभिन्न विधाका रिपोर्ट चुस्त र द्रुस्त बनाउनका लागि उक्त तालिम प्रदान गरेको तिलोत्तमा नगर स्वास्थ्य शाखा प्रमुख तथा जनस्वास्थ्य अधिकृत ज्ञान प्रसाद पौडेलले बताए।
व्याक्तिको स्वास्थ्य सबैभन्दा महत्वपुर्ण रहेको र त्यो महत्वपुर्ण कार्य नर्सहरुको सहयोग बिना असम्भव रहेको कार्यक्रमका अध्यक्ष तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाणले बताए। नगरपालिकाको बाल मृत्यदर कम गर्ने साथै पर्यावरणिय सुधारका लागि वृक्षरोपण कार्यमा सम्पुर्ण नगरबासिले हातेमालो गर्न आग्रह गरे।
स्वस्थ्यका क्रियाकलापहरुको रिपोर्टिङ तथा HMIS TOOL सम्बन्धि उक्त परिमार्जित HMIS तालिमको प्रशिक्षण वर्दघाट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालिले प्रदान गरेका थिए । तालिममा MNH क्लिनिक अपडेट को प्रस्तुतिकरण साथै रजिस्टर, रजिस्ट्रेसन तथा सम्बन्धि छलफल पनि गरिएको थियो। कार्यक्रममा जन स्वास्थ्य निरिक्षक केशव भट्टराइ,कमल पाण्डे लगायतले आफ्ना भनाइ राखेका थिए। नगरपालिकाले आफुहरुलाइ सम्मान साथै तालिम प्रदान गरेकोमा उपस्थित नर्सिङ कर्मचारीहरुले खुसि व्यक्त गरे।
कमेन्ट गर्नुहोस्