
तिलोत्तमा,२०८१ बैशाख २० गते।रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर-१२ मा प्रारम्भिक सार्बजनिकिकरण र धान बिऊ बितरण कार्यक्रम सम्पन्न भएको छ। स्थानिय मक्रहर गुणस्तर बिऊ उत्पादन कृषक समूहद्वारा वडाका कृषकलाई उत्पादन सामाग्री खरिद, कृषि औजार खरिद, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत, धानको बृहत क्षेत्रको प्रदर्शनी, प्रबिधी हस्तान्तरण, बोर्ड निर्माण र कार्यक्रम व्यवस्थापनमा नगरपालिकाको प्राबिधिक सहयोग करिव १० लाख अनुदान साझेदारीमा सो कार्यक्रम संचालन गरिएको कृषक समुहका अध्यक्ष कृष्ण प्रसाद पौडेलले बताए।
नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणले कृषकको सुविधाका लागि यस्ता कार्यक्रमले ठुलो योगदान दिने बताउदै कृषि र कृषकको जीवनस्तर उकास्नका लागि नगरपालिकाले थप पहल गरेको बताए। नगरमा कृषि गर्नेहरुका लागि बेलैमा सिंचाई व्यवस्थापन , कृषि मल बिऊ बितरण गर्ने कार्यक्रमलाई प्राथमिकतामा रखिएको नगर प्रमुख खाणले बताए। सो अवसरमा वडाका निमित्त वडा अध्यक्ष बिष्णु कुमारी अधिकारी थारूले कृषकका हरेक समस्याको समाधान गर्न वडा स्तरबाटै आफुहरु लागि परेको बताईन। वडा कृषक समूह संजालका अध्यक्ष शम्भु गौतमको अध्यक्षतामा भएको सो कार्यक्रममा वडामा रहेका करिव ६० जना कृषकहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा किसानहरुलाई धान बिऊ बितरण गर्दै प्रारम्भिक सार्बजनिकिकरणका बिषयमा कृषकलाई साक्षात्कार गरिएको थियो। कार्यक्रममार्फत सम्झौता भएअनुसार समयमै कृषि र यसका उत्पादनलाई व्यवस्थित बनाउन कृषक समुहलाई छलफल र सुझाव प्रदान गरिएको थियो।
कमेन्ट गर्नुहोस्