लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा-९ का महिलालाई वाद्यवादन तथा युवाहरुलाई बारिस्टा तालिम शुरु

IMG

तिलोत्तमा,२०८१ बैशाख २० गते।तिलोत्तमा नगरपालिका वडा नम्बर ९  को आयोजना तथा बीबी क्यु र रामलिला नाचघरको प्राबिधिक सहयोगमा वडाका युवायुवतीहरुलाई लक्षित गर्दै निःशुल्क बारिष्टा तथा वाद्यवादन तालिम शुरु भएको छ ।


वडाकै २ लाख रुपैयाँ आर्थिक सहयोगमा शुरु तालिमको उद्घाटन गर्दै वडाध्यक्ष ध्रुव न्यौपानेले तालिमले युवायुवती र महिला समूहहरुलाई स्वरोजगारमुलक आय आर्जनमा मद्धत पु¥याउने विश्वास व्यक्त गरे । युवा तथा महिलाहरुलाई उद्यमशिलतासंग जोड्दै व्यवसायिक बनाउन यस्तो तालिमको खाँचो रहने उनले बताए । दलित उत्थान कार्यक्रम अन्तर्गत बरिस्टामा १५ जना युवायुवतीहरु र वाद्यवादन तालिममा वडा भित्रका ५० जना महिलाहरुको सहभागिता रहेको छ।


सो अवसरमा उनले महिलाहरुको सशक्तिकरण, शिप विकास तथा क्षमता अभिबृद्धी गर्ने उद्येश्यले वडाले कार्यक्रम आयोजना गरेको बताए । तालिमको उद्घाटन समारोहमा तालिमका बारिस्टा प्रशिक्षक बीबी क्युका निकिता गिरी, प्रताप थापा, नाचघरका प्रशिक्षक,कार्यपालिका सदस्य तारा सुनार, वडा सदस्य कमल रेग्मी शर्मा, मिस्सु शाही, गोविन्द गुरुङ लवसन, वडा सचिव माया गैरे लगायतले तालिमको महत्वबारे प्रकास पार्दै तालिममा सिकेका ज्ञानलाई व्यवहारमा उतार्न सके यसले युवा र महिलाको आयआर्जनमा सहयोग पुग्ने बताएका थिए ।


कमेन्ट गर्नुहोस्