लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जङगलमा आगो निभाउन गएको तिलोत्तमाको दमकल नमोडिएपछि आगलागी

IMG

तिलोत्तमा सिटी,२०८० वैशाख १२ गते । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको दमकल डढेलो निभाउन जाँदा बुधबार विदउँसो जलेर पूर्ण रुपमा क्षति भएको छ ।


प्रहरी चौकी मँगलापुरका अनुसार नगरपालिकाका लु १ ग ३४९ नम्बरको दम्कलमा आगलागी भएको हो । तिलोत्तमा–८ गणेशनगरको जँगलमा डढेलो निभाउन गएको दमकलमा हावासँगै एक्कासी आगाको लप्काले दमकलमा टिपेपछि इन्जिनसहितको भाग पूर्ण रुपमा जलेको हो । घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । करहिया बनको आगो निभाउन जंगलभित्र जाँदा आगो निभाउने क्रममा गाडी मोड्न नमिलेपछि चारैतिरबाट आएको आगोले दमकल जलेको नगर प्रहरी इन्चार्ज नरप्रसाद श्रेष्ठले बताए ।


दमकल बाहिर निकाल्न खोज्दा चालक समेत सामान्य घाइते भएका छन।  घाइते भएका दमकल चालक तामर्जन गाहाको समान्य उपचार भएको स्वास्थ्य अधिकृत केशव भट्टराइले बताए ।  अहिले सो ठाउँमा देवदह नगरपालिकाको दमकल आइ आगो नियन्त्रणमा लिने क्रम जारी छ।    


कमेन्ट गर्नुहोस्