लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेविसंघले जलायो गृहमन्त्रीको पुत्ला

IMG

तिलोत्तमा,२०८१ बैशाख ५ गते। नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको पुत्ला दहन गरेको छ ।काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पसबाहिर नेविसंघका कार्यकर्ताहरुले गृहमन्त्रीको पुत्ला दहन गरेका हुन् ।


नेपाली कांग्रेसले सहकारी ठगीमा लामिछानेको नाम मुछिएको भन्दै छानबिनका लागि संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ ।हालै नेपाल प्रहरीले बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको अनुसन्धान गर्दा उक्त सहकारीबाट गोर्खा मिडिया प्रालिमा करिब १४ करोड रुपैयाँ लगेको खुलेको थियो । जसमध्ये २ करोड रुपैयाँ रवि लामिछानेको नाममा झिकिएको देखिएको थियो ।

कमेन्ट गर्नुहोस्