लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनी प्रदेशमा वैशाख ५ गते संसदीय समितिको निर्वाचन

tillotmacitynews - 2024 Apr 15 05:25 PM
IMG

तिलोत्तमा सिटी, २०८१ वैशाख ३ गते । लुम्बिनी प्रदेशसभाका सभापति चयनका लागि निर्वाचनको मिति  घोषणा गरिएको छ । सोमबार प्रदेशसभाले एक सूचना जारी गर्दै वैशाख ५ गतेका लागि निर्वाचन मिति घोाषणा गरेको हो । 


सूचनामा प्रदेशसभाका विभिन्न ७ वटा सभापतिको चयन गरिने उल्लेख छ । लुम्बिनी प्रदेशमा १७ महिनादेखि संसदीय समितिका सभापति चयन गर्न सकिएको छैन । दलहरूबिच भागबन्डा मिलेलगत्तै निर्वाचन मिति तोकेको हो । जारी सूचनामा ५ गते बिहान मनोनयन दर्ता हुने जनाइएको छ भने सोही दिन निर्वाचन हुने जनाइएको छ ।लुम्बिनी प्रदेशमा अर्थ उद्योग तथा पर्यटन, सार्वजनिक लेखा, सामाजिक विकास, भौतिक पूर्वधार विकास, प्रदेश मामिला तथा कानुन, कृषि वन तथा वातावरण लगायतका समिति रहेका छन् । ती समितिको सभापति चयनको लागि सत्ता पक्ष र प्रतिपक्षबिच सहमति भएको छ ।  


एमालेले तीन, माओवादीले दुई र नेपाली कांग्रेसले २ वटा सभापति पाउने सहमति भएको छ । आजै सभामुख तुलाराम घर्तीले मगरले समितिका केही समितिका सदस्यहरूलाई हेरफेर गरेका छन् । 

कमेन्ट गर्नुहोस्