
तिलोत्तमा सिटी, २०८० चैत २९ गते । रुपन्देही विधुतिय व्यावसायि संघ तिलोत्तमाको टेबुल क्यालेन्डर बिमोचन, नव वर्ष शुभकामना आदानप्रदान साथै नवनिर्वाचित जिल्ला कार्य समितिलाइ बधाइ तथा शुभकामना कार्यक्रम समपन्न भएको छ।
तिलोत्तमा ७ दहलकामा आज रुपन्देही विधुतिय व्यावसायि संघ तिलोत्तमाको टेबुल क्यालेन्डर बिमोचन गरिएको छ । विमोचन कार्यक्रममा रुपन्देही विधुतिय व्यावसायि संघ तिलोत्तमाका अध्यक्ष हुमनाथ पराजुली, विधुतिय व्यावसायि महासंघका कोषाअध्यक्ष प्रकाश चन्द्र पाण्डे लगायतका पदाधिकारी सदस्यहरुको सहभागिता रहेको थियो। संस्थाले लगातार दुइ वर्षदेखि क्यालेन्डर निकाल्दै आएको छ र यस पटकको क्यालेन्डर तेस्रो क्यालेन्डर हो । उक्त क्यालेन्डरमा विज्ञापनहरु लगायत सुचनाहरु पनि रहेका छन ।
नव वर्षको शुभकामना कार्यक्रम अन्तर्गत संस्थाका पदाधिकारिहरुले एकआपसमा उन्नति प्रगति एवम व्यावसायिक सफलताको शुभकामना आदानप्रदान गरेका छन।
रुपन्देही विधुतिय व्यावसायि संघ तिलोत्तमाद्वारा नवनिर्वाचित जिल्ला कार्य समितिलाइ बधाइ तथा शुभकामना कार्यक्रम अन्तर्गत नवनिर्वाचित जिल्ला कार्य समितिलाइ अविर लगाइ सम्मान तथा शुभकामना आदान प्रदान गरिएको छ।
तिलोत्तमा नगर समितिले विभिन्न राम्रा कार्यहरु गर्दै आएको एवम व्यावसायि सबै कुरामा दक्ष नहुने भएकाले विभिन्न अभिमुखिकरण कार्यक्रमको आवश्यकता रहे महासंघले सञ्चालन गर्ने कार्यक्रमका प्रमुख अतिथि विधुतिय व्यावसायि महासंघका कोषाअध्यक्ष प्रकाश चन्द्र पाण्डेले बताए। सबै पदाधिकारी एक ढिक्का भइ अगाडि बढन पर्ने र समस्यासंग नभागि समाधान तर्फ लाग्न पनि आग्रह गरे।
कार्यक्रमको समापन गर्दै रुपन्देही विधुतिय व्यावसायि संघ तिलोत्तमाका अध्यक्ष हुमनाथ पराजुलीले नव वर्षको शुभकामना दिन पाउदा एवम नव निर्वाचित जिल्ला कार्य समितिलाइ सम्मान गर्न पाउदा खुसि रहेको बताए । रुपन्देही विधुतिय व्यावसायि संघ तिलोत्तमाले आइपरेका समस्याहरुको समयमै हल गरी अगाडि बढने प्रतिवद्दता जनाए ।
कमेन्ट गर्नुहोस्