
तिलोत्तमा सिटी, २०८० चैत २९ गते । तिलोत्तमा १५ मधवलियाका युवा तथा किशोर किशोरी वर्गहरुलाई एकदिवसीय लागु पदार्थ दुर्वव्यसन र साइबर अपराधबारे सचेतना कार्यक्रम समपन्न भएको छ । बिहिबार मधवलिया सामुदायिक सिकाइ केन्द्रको आयोजना तथा तिलोत्तमा नगरपालिका शिक्षा शाखाको आर्थिक सहयोगमा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि तिलोत्तमा वार्ड नं १५ का अध्यक्ष खेमराज गुरुङले युवा अवस्थामा बाटो बिराउने सम्भावना बढी हुने भएकोले युवाहरु सचेत हुनुपर्नेमा जोड दिए । समाजमा लागुपदार्थ र साइबर अपराधबारे अझै धेरै माझ बुझाउन बाँकी रहेको र युवाहरु सामाजिक सन्जाल चलाउदा समेत सचेत भएर चलाउनु पर्ने बताए ।
सचेतना कार्यक्रममा प्रशिक्षकको रुपमा प्रहरी वरिष्ठ नायब निरिक्षक टेकराज भण्डारीले मनोरञ्जनको नाममा सामाजिक सञ्जाल तथा इन्टरनेटमा उपलब्ध खेल आदिमा समयको दुरुपयोग गर्नुभन्दा बालबालिकाहरूले अध्ययनमा ध्यान केन्द्रित हुन आग्रह गरे । साथै साइबर अपराधका घटना घटि हालेमा समयमै रिपोर्ट गर्न पनि आग्रह गरे ,समाजमा लागुपदार्थ दुर्व्यसनमा फसेका व्याक्तिहरु देखेमा सम्पर्क गर्न पनि भने । समाज सुधारका लागि सबैले आफ्नो ठाउबाट सक्दो सहयोग गर्नु पर्ने पनि बताएका छन।
त्यसैगरि कार्यक्रम समापन गर्दै मधवलिया सामुदायिक सिकाइ केन्द्रकि अध्यक्ष कुम कुमारि गुरुङले यस खाले कार्यक्रमले समाजमा लागुपदार्थ दुव्र्यसन र साइबर अपराधलाई कम गर्ने बताइन । कार्यक्रममा करिब ६० जनाको सहभागिता रहेको थियो।
मधवलिया सामुदायिक सिकाइ केन्द्रले सिप आर्जन तथा सचेतनामुलक क्षेत्रसँग सम्बन्धित विभिन्न तालिमहरु सञ्चालन गर्दै आइरहेको छ। संस्थाले दुइ ओटा बालविकास केन्द्र पनि सञ्चालनमा ल्याएको छ। सँस्था अन्त्रगत १५ ओटा सक्रिय महिला समुहहरु पनि रहेको छ जस अन्तर्गत एक समुहमा ९ जना महिला सदस्य रहेको संस्थाका सचिव तारा गुरुङले बताइन।
कमेन्ट गर्नुहोस्