लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

देउवाद्बारा सहिद यादवनाथ आलोकको शालिक अनावरण

tillotmacitynews - 2024 Apr 10 07:25 PM
IMG

तिलोत्तमा सिटी, २०८० चैत २८ गते । तिलोत्तमा १३ बनकट्टि स्थित सहिद यादवनाथ आलोकको शालिक नेपालि काङग्रेस केन्द्रिय सभापति तथा पुर्व प्रधानमन्त्रि सेर बहादुर देउवाले अनावरण गरेका छन ।  


सहिद यादवनाथ आलोक स्मृति केन्द्र सहिदको पुर्णकदको सालिक अनावरण एवं चौथो अधिवेसन तथा पुस्तकालय भवन समुद्घाटन कार्यक्रम अन्तर्गत देउवा तिलोत्तमा १३ बन्कट्टि आएका थिए ।उनले देश र जनताका लागि काम गर्ने क्रममा सहादत प्राप्त गरेका सहिदहरूको सम्मान हुन नसकेको बताएका छन् । देउवाले सहिदहरू कुनै पार्टीको नभई देश र जनताको हुने भएकाले उनीहरूको सबैले सम्मान गर्नुपर्ने बताए ।  सभापति देउवाले सहिदको सपना पूरा गर्नु पनि दलहरूको कर्तव्य भएको उल्लेख गरे । उनले यादवनाथ आलोकको सपना पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे । 


कार्यक्रममा नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लिला गिरीले यादवनाथ आलोकले पुर्याएको योगदानको चर्चा गरे ।  


सहिद यादवनाथ आलोक स्मृति अध्ययन केन्द्रका अध्यक्ष हेमराज अर्यालको अध्यक्षतामा भएको सो  कार्यक्रममा सहिद पत्नी सीतालक्ष्मी न्यौपानेले आलोकले अगाडि सारेका चाहना र आकांक्षा पूरा गर्न नेपाली कांग्रेसलाई आग्रह गरे ।  


यसअघि सभापति देउवा नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं ३ क्षेत्रीय कार्यसमितिद्वारा भैरहवामा आयोजित नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रममा सहभागी भएका थिए ।

कमेन्ट गर्नुहोस्