लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

डढेलो नियन्त्रण नभए वायु प्रदूषण अझै बढ्ने

IMG

तिलोत्तमा सिटी, २०८० चैत २८ गते । मुलुकको वायु प्रदूषण बढेर वर्षकै उच्च बिन्दुमा पुगेको छ । देशका विभिन्न स्थानमा भइरहेको वन डढेलोका कारण वायु प्रदूषण उच्च बिन्दुमा पुगेको हो ।


‘एयर क्वालिटी इन्डेक्स’का अनुसार आज काठमाडौँको वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) दुई सय ६५ पुगेको छ । मङ्गलबार एक्यूआई दुई सय पुगेको थियो । मुलुकका विभिन्न स्थानमा लागेको वन डढेलोसँगै वायु प्रदूषण अझै बढ्नसक्ने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार आज  काठमाडौँ विश्वको प्रदूषित सहरको सूचीमा पहिलो नम्बरमा सूचीकृत भएको छ । 


वातावरण विभागका उपमहानिर्देशक तारादत्त भट्टले बढ्दो डढेलोसँगै उपत्यकामा प्रदूषण पनि ह्वात्तै बढेको बताउनुभयो । उहाँले डढेलो नियन्त्रणका लागि सबै सरोकारवालाको समन्वय जरुरी रहेको बताउनुभयो । “दिनानुदिन प्रदूषण बढिरहेको छ । एक्यूआई तीन सय पुगेपछि राज्यले आपतकालीन घोषणा गर्नुपर्ने हुन्छ ।” उहाँले वन डढेलो नियन्त्रण नभएसम्म प्रदूषण पनि बढ्दै जाने बताउनुभयो ।

कमेन्ट गर्नुहोस्