लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सबै मतभेद हटाएर एक ढिक्का भइ अगाडि बढ्न सभापति देउवाको आग्रह

tillotmacitynews - 2024 Apr 10 01:32 PM
IMG

तिलोत्तमा सिटी, २०८० चैत २८ गते । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले  पार्टी निर्माणमा एकजुट भएर लाग्नुपर्ने अवस्था आएको बताउनुभएको छ । 


नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं ३ कार्यसमितिले आज यहाँ आयोजना गरेको नयाँवर्षको शुभकामना आदानप्रदान तथा भेटघाटका अवसरमा उहाँले पार्टीका नेता तथा कार्यकर्तालाई पार्टीको हितमा एकजुट भई लाग्न आग्रह गर्नुभयो । नेपाली कांग्रेसमाथि अहिले धेरै चुनौती थपिएको बताउदै उहाँले सबै मतभेद हटाएर चुनौतीको सामना गर्न आग्रह गर्नुभयो । उहाँले नेता तथा कार्यकर्तालाई अहिले पार्टीलाई अप्ठयारो पार्ने काम नगर्न उहाँले निर्देशन दिनुभयो । उहाँले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि आवश्यक पहल गर्ने समेत प्रतिबद्धता जनाउनुभयो । 


सो अवसरमा नेपाली कांग्रेसका क्षेत्रीय सभापति सुशील गुरुङले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा पहल गर्न सभापति देउवा समक्ष आग्रह गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्