लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनी योजना आयोगका उपाध्यक्ष केसीले दिए राजीनामा

tillotmacitynews - 2024 Apr 08 04:12 PM
IMG

तिलोत्तमा सिटी,२०८० चैत्र २६ गते । लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. नहकुल केसीले पदबाट राजीनामा दिएका छन् । लुम्बिनी प्रदेश सरकार परिवर्तन भएपछि केसीले सोमबार राजीनामा दिएका हुन् । 


उनले मुख्यमन्त्री जोखबहादुर महरालाई राजीनामा पत्र बुझाएका छन् । आयोगको उपाध्यक्षमा डा. केसीलाई निवर्तमान मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नियुक्त गरेका थिए । डा  केसीले राजीनामा दिएसँगै आयोगका सदस्यहरू डा। सुरजकुमार वली, सरोज खनाल र गीता केसी पनि बाहिरिएका छन् । केसीले यस अवधिमा सातै प्रदेशका योजना आयोगहरूको राष्ट्रिय भेलामार्फत प्रदेश तथा स्थानीय तहका योजनाको अन्तरसम्बन्धमा लुम्बिनी घोषणापत्र, लुम्बिनी प्रदेशको वार्षिक योजना तर्जुमा र लुम्बिनीको दिगो कृषि विकास रणनीति तयार गरेको दाबी  गरेका छन् । 


उनले मुख्यमन्त्री आर्थिक विकास कार्यक्रमको कार्यविधि र कार्यक्रम दस्ताबेज तयार गरिएको बताए । 

कमेन्ट गर्नुहोस्