लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाको पशु स्वास्थ्य शिविरमा ३ सय बढी पशुपालक कृषक लाभान्वित

IMG

तिलोत्तमा सिटी,२०८० चैत्र २४ गते ।रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर-१०,११ र १२ लाई लक्षित् गरि नि:शुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ। वडा नं.१२ स्थित कालिकास्थानमा सम्पन्न शिविरबाट करिव ३ सय पशुपालक किसान परिवार लाभान्वित भएका छन्।


तिलोत्तमा नगरपालिका पशु शाखाको आयोजना तथा पशु स्वास्थ्य शाखाको प्राबिधिक सहयोगमा उक्त शिविर आयोजना गरेको हो। बाह्य र आन्तरिक परजिविका कारण लाग्ने पशु सम्बधी अनेक रोगविरुद्धका उपचार परामर्श र औषधि वितरण गरिएको पशु शाखा प्रमुख राजु कुँवर मगरले जानकारी दिए।शिविरबाट किसानहरुलाई पशुहरुमा लाग्ने रोगहरुको बारेमा जानकारी दिएको र पशुरोगबाट बच्ने उपायबारे परामर्श पनि प्रदान गरिएको पशु सेवा शाखा प्रमुख कुँवरले बताए। यसअघि तिलोत्तमाको वडा नम्बर-२ र १४ मा पनि पशु स्वास्थ्य शिविर सम्पन्न भएको थियो।आज सम्पन्न पशु स्वास्थ्य शिविरमा पशु डाक्टरहरु डा.लक्ष्मण घिमिरे, डा.किरण भण्डारी, पशु शाखा तिलोत्तमा प्रमुख राजु कुँवर, गोबिन्द खनाल, देवी प्रसाद घिमिरे,त्रिविक्रम न्यौपाने, र महेश गौतम, पशु प्राबिधिक राधा कुमारी महराले किसानहरुको पशुहरुको उपचार परामर्श तथा औषधी सहित सहजीकरण गरेका थिए। 


तिलोत्तमा वडा नम्बर-१२ का वडा सदस्य उमा कुमारी बि.क.को अध्यक्षता तथा वडा नम्बर-१० का वडा अध्यक्ष गोपाल प्रसाद घिमिरेको प्रमुख आतिथ्यता तथा वडा सदस्य बिष्णु कुमारी अधिकारी चौधरी थारु लगायत वडा सस्दस्य, टोल बिकास संस्थाका प्रतिनिधीहरुको उपस्थितिमा सम्पन्न शिविरमा गाई, भैसी, बाख्रा, सुँगुर, कुकुर, बिरालो, कुखुरा, हाँस गरि करिव १ हजार ९ सय बढी पशुहरुको स्वास्थ्य सम्बन्धि समस्याहरुको रोग पत्ता लगाउने, गोबर परिक्षण, भ्याक्सिन, लगायत उपचार र परामर्श तथा औषधी निशुल्क प्रदान गरिएको थियो। 

कमेन्ट गर्नुहोस्