
तिलोत्तमा सिटी, २०८० चैत २२ गते । गहुँ बालि स्याहार्ने समय आए सँगै तिलोत्तामाका कृषकले गहुँ काटेर खेतमै चुटेर भित्र्याउने सकिने अत्याधुनिक प्रविधिको कम्बाइन हार्भेस्टर को प्रयोग बढेको छ।
गहुँ बालि स्याहार्ने समय आए सँगै तिलोत्तमाका कृषकलाइ यति बेला भ्याइ नभ्याइ छ। खेताला पाइन पनि गार्हो हुने र गर्मिमा खेतमा काम गर्न असहज हुने भएकाले कृषकले गहुँ काटने मेसिनको प्रयोग बढाउन लागेका हुन। समयको बचत साथै आर्थिक रुपले पनि ज्यादै महङगो नपर्ने भएकाले कृषकले गहुँ स्याहार्दा कम्बाइन हार्भेस्टरको प्रयोग बढि गर्न थालेका छन। थोरै समयमा नै धेरै गहुँ काट्ने र खेतमै चुटन पनि सकिने भएकाले कम्बाइन हार्भेस्टरबाट काम गरिरहेका छन ।
परम्परागत शैलिमा खेतमै गएर गहुँ काटदा विभिन्न समस्याहरु हुने तर हार्भेस्टरको प्रयोगले सहज बनाएको साथै धेरै मेहेनत पनि गर्नु नपर्ने भएकाले यसको प्रयोग गरेको तिलोत्तमाका कृषकहरु बताउँछन । नयाँ नयाँ प्रविधिको प्रयोगसँगै कृषकहरुको जिवनयापन पनि सहज बन्न पुगेको छ। थोरै जमिन भएका कृषकहरुले भने खेतमै गएर गहुँ काटेको अवस्था पनि छ।
कम्बाइन मेसिनले गहुँ काटेपछि बाँकी रहेका ठुटालाई खेतमै छाडिनाले भने नयाँ समस्या पनि निम्त्याएको छ, त्यही ठुटालाई सफा गर्ने नाममा खेतमा आगो लगाउने गर्नाले वातावरण प्रदुशण पनि बढने देखिन्छ। यसो गर्नाले धुलो र धुवा उडने र स्वास्थ सम्बन्धि समस्याहरु पनि देखिने डर हुन्छ।
कमेन्ट गर्नुहोस्