लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमामा पशुहरुका लागि डोर टु डोर बाँझोपन र प्रजनन क्षमता अभियान

IMG

तिलोत्तमा,२०८० चैत्र २० गते। भेटेरिनरी अस्पताल तथा पशु बिज्ञ केन्द्र रुपन्देहीको आयोजना तथा तिलोत्तमा नगरपालिका पशु सेवा शाखाको समन्वयमा पशुहरुमा हुने बाँझोपनतथा प्रजनन सम्बन्धि डोर टु डोर अभियान सम्पन्न भएको छ। दुई चरणमा भएको सो कार्यक्रमको गत १६ गते देखि शुरु अभियानमा तिलोत्तमा २ का वडा अध्यक्ष डिल बहादुर भट्टराईको अध्यक्षता तथा आर्थिक बिकास शाखा संयोजक तथा तिलोत्तमा वडा नम्बर ६ का अध्यक्ष गणेश पाठकको आतिथ्यतामा सुरुवात गरिएको थियो। सो अभियान अन्तर्गत तिलोत्तमाको वडा नम्बर १ देखि १७ सम्मका पशुपालक किसानहरुको ५१ पशुहरुमा बाँझोपन र प्रजनन सम्बन्धी समस्याहरुको बिशेषज्ञ डाक्टरहरु बाट सफल उपाचार गरिएको छ भने सो कार्यक्रममा डा लक्ष्मण घिमिरे, डा किरण भण्डारी, टुकराज न्यौपाने, किरण चौधरी, पशु शाखा तिलोत्तमा प्रमुख राजु कुँवर, गोबिन्द खनाल, त्रिविक्रम न्यौपाने, र महेश गौतमले किसानहरुको  घरमै गएर पशुहरुको उपचार परामर्श तथा औषधी सहित सहजीकरण गर्नुभएको थियो। 


सोही कार्यक्रम अन्तर्गत  दोस्रो चरणमा वडा नम्बर १२ देखि १७ सम्मका पशुपालक किसानहरुकै गोठमै गएर ५६ बढी पशु उपचार गरिएको टुकराज न्यौपानेले बताउनुभयो। जामा १ सय ७ बढी गाईको उपचार गरिएको सो अभियान अन्तर्गत ४ दिन सम्म २ चरणमा कार्यक्रम सम्पन्न गरिएको थियो। घरघरमै आएर नगरपालिकाको प्राबिधिक सहयोग तथा भेटेरिनरी अस्पताल तथा पशु बिज्ञ केन्द्र रुपन्देहीको संयोजनमा भएको कार्यक्रमले किसान हरुलाई थप उत्साहित बनाएको तिलोत्तमा नगरपालिका पशु सेवा शाखा प्रमुख राजु कुँवरले बताउनुभयो। आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिन किसान हरुले आग्रह गरेको कुँवरको भनाई छ। चिकित्सकहरुबाट पशुको बाँझोपन तथा यसका उपचार एबम अन्य कारणले गाईमा प्रजनन क्षमता कम हुने लगायतका समस्याहरुको निराकरण गरिएको थियो।   

कमेन्ट गर्नुहोस्