लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

हिमाल चढ्न एक महिनामै एक सय ४८ जनाले लिए अनुमति

tillotmacitynews - 2024 Apr 02 06:58 PM
IMG

तिलोत्तमा सिटी, २०८० चैत २०  गते । पर्यटकीय सिजन सुरू भएसँगै हिमाल आरोहणका लागि अनुमति लिने पर्यटकको संख्या बढ्न थालेको छ। पर्यटन विभागका अनुसार एक महिना (मार्च १ देखि अप्रिल १) मा हिमाल चढ्नका लागि एक सय ४८ जनाले अनुमति लिएका छन्। जसमध्ये सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि अनुमति लिएका छन्। विभागका अनुसार सगरमाथा आरोहणका लागि एक महिनामा ६३ जनाले अनुमति लिएका छन्। 


त्यस्तैगरी अन्नपूर्ण चढ्न २५ जनाले, आमादब्लम चढ्न २३ जना, धवलागिरिका लागि १५ जना, पुथा हिमचुली ७ जना, कञ्चनजंघाका लागि ७ जनाले अनुमति लिएका छन्। जसबाट १० करोड ५५ लाख रूपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ।

कमेन्ट गर्नुहोस्