लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनीका मुख्यमन्त्री चौधरीले चैत २२ गते विश्वासको मत लिने

tillotmacitynews - 2024 Apr 02 06:55 PM
IMG

तिलोत्तमा सिटी, २०८० चैत २०  गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले यही चैत २२ गते विश्वासको मत लिने भएका छन्। प्रदेश सरकारका प्रवक्ता तथा गृहन्मन्त्री सन्तोषकुमार पाण्डेयका अनुसार बिहीबार अपराह्न ४ बजे विश्वासको मत लिने तयारी छ। त्यसका लागि प्रदेशसभा बैठक आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस पठाएको उनले बताए। केन्द्रमा सत्ता समीकरण फेरिएसँगै गत फागुन २३ गते नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।


लुम्बिनी प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का २९, नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका १० (सभामुख बाहेक), राप्रपा र नागरिक उन्मुक्तिका चार-चारजना सदस्य छन्। राप्रपाका जानकीलाल यादव भ्रष्टाचारको मुद्दा दायर भएपछि निलम्बित छन्। जनता समाजवादी, लोकतान्त्रिक समाजवादी र जनमत पार्टीका तीन-तीनजना प्रदेशसभा सदस्य छन् भने नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाका एक-एकजना प्रदेशसभा सदस्य छन्। साथै एक जना स्वतन्त्र प्रदेश सभा सदस्य छन्।

कमेन्ट गर्नुहोस्