
तिलोत्तमा,२०८० चैत्र १५ गते। रुपन्देहीको तिलोत्तमा नगरपालिका–१२ मक्रहरका कृषक कृष्ण प्रसाद पौडेल अहिले चैते धान रोप्न व्यस्त हुनुहुन्छ। गर्मी मौसमका कारण अन्य स्थानमा खडेरी परेको समयमा उहाँको परिवारसंगै कृषक समुहका सदस्यहरु मिलेर करिव ढाई कट्ठा खेतमा चैते धान रोप्न भ्याइनभ्याइ छ ।चैते धानका लागि पानीको सुविधा भएको र उत्पादन पनि राम्रो हुने भएकाले बर्सेनि चैते धान रोप्न शुरु गरिएको पौडेल बताउनुहुन्छ । ‘चैते धानका लागि पानीको समस्या हुँदैन । उत्पादन पनि राम्रो हुन्छ’, किसान पौडेलले भन्नुभयोे,‘चैते र बर्खे धान गरेर बर्षमा दुई बाली धान खेती गर्ने पौडेलले मक्रहरको जमिनमा बर्खे धान जस्तै चैते धान पनि राम्रो उत्पादन हुने बताउनुहुन्छ । तराई क्षेत्रमा एक बाली मात्रै खेतीले व्यवसायिक हिसाबमा आत्मनिर्भर हुन अलिक गाह्रो हुने भएकाले आफुले चैते धान खेती गर्न शुरु गरेको उहाँ बताउनुहुन्छ । ‘थोरै जमिन भएकाले समेत समुहमा खेति गरे राम्रो उत्पादन हुने उहाँको भनाई छ।
परिवारलाई बर्षभरी खान र घरका लागि आवश्यक कपडालगायतका सामग्री किन्नका लागि पनि कृषिमै भर पर्नुपर्छ’, त्यसैले यसलाई बर्षमा २ पटक खेति गरी आत्मनिर्भर बन्न सहयोग गर्ने कृषि संजाल तिलोत्तमा-१२ अध्यक्ष शम्भु गौतमले बताउनुभयोे, ‘कम जमिनमा धेरै आम्दानी लिनका लागि वर्षमा दुई पटक धान रोप्ने गर्छौं ।’ धानसँगै अन्य अन्नबाली पनि खेती गर्न सकिने भए पनि पहिलो पटक यस स्थानका किसानले मिलेर चैते धान खेतीको परिक्षण शुरु गरेको गौतम बताउनुहुन्छ ।
कृषि संजालका अध्यक्ष गौतम जस्तै मक्रहर निवासी टोल विकास अध्यक्ष राम बहादुर बस्नेतलाई पनि चैते धान रोप्न चटारो परेको छ । खेत जोत्ने, पानी मिलाउने, व्याड काट्नेदेखि धान रोप्न उहाँले परिक्षणको रुपमा चैते धान रोप्न थालेको बताउनुभयो । त्यस्तै नेपाल अण्डा उत्पादन संघ लुम्बिनीका प्रदेश सचिव छविलाल खरेलले चैते धान रोप्ने प्रचलन पहाडी जिल्ला संगै तराइका केहि जिल्लामा समेत सफल भएको बताउदै तिलोत्तमाका किसानले यस कार्यलाई निरन्तरता दिन सकिने बताउनुभयो।
तिलोत्तमा-१२ का वडा सदस्य विष्णु अधिकारी चौधरी थारुले परिवारका लागि फुर्सदको समयमा चैत धान खेती थप आम्दानीको श्रोत बन्ने भएपछि वडाका कृषि समूह मिलेर परिक्षणको रुपमा चैते धान खेती गर्न लागेको बताउनुहुन्छ । चैतको अन्तिमतिर रोपेर सक्नुपर्ने धान खेतीलाई यसवर्षदेखि परिक्षणको रुपमा अगाडी बढाएका छौ भने आगामी बर्ष यसको प्रभाव हेरेर समग्र वडामा बिस्तार गरिने वडा सदस्य थारुले बताउनुभयो ।‘फागुनमा राखेको धानको व्याड हो । बेमौसमी खेतीका रुपमा रोपिने चैते धानबाट राम्रो आम्दानी हुने भएपछि वडाका किसानले चैते धान रोप्ने जमर्को गरेको उहाँ बताउनुहुन्छ ।
सो रोपाई कार्यक्रममा कोटहिमाइ मन्दिर व्यावस्थापन समिति अध्यक्ष गोपाल प्रसाद पौडेल, कृषि शाखा तिलोत्तमा प्राविधिक अस्मिता ज्ञवाली स्थानिय कृषि संजालका किसान लगायतको उपस्थिति रहेको थियो। चैते धानबाट राम्रो आम्दानी हुने भएकोले वर्षाको समयमा भन्दा सहज हुने र व्यवसायीकरण गर्न सहज हुने कृषक कृष्ण प्रसाद पौडेलको भनाई छ। हिउँदे बाली भित्र्याएर फुर्सदिलो बन्ने समयमा मक्रहरका केहि किसान चैते धान रोप्न हौसिएको पौडेलको भनाई छ। वर्षमा दुईबाली धान खेती गर्ने गरि तयारी समेत गरेको र चैते धानबाट राम्रो आम्दानी लिन सकिनेमा उनीहरु ढुक्क रहेका छन्।
यसरी रोपिएको धान साउनको पहिलो सातातिर पाक्ने गरेको किसानहरु बताउनुहुन्छ । वर्षमा दुई बाली धान खेती गर्ने किसानले एक बाली गहुँ वा मसुरो समेत गर्ने गरेको छन् । अहिले रोपेको धान साउनको पहिलो साता काटेपछि पुनः सोही खेतमा बर्खे धान रोप्ने गरेको उहाँ बताउनुहुन्छ । कृषकका अनुसार वर्षामा रोपेको धान बाली कात्तिकमा काटेर फेरि गहुँ वा मसुरो छर्न सहज हुने समेत बताउनुहुन्छ ।कृषि ज्ञान केन्द्र तिलोत्तमा नगरपालिकाका प्राबिधिक अस्मिता ज्ञवालीका अनुसार तिलोत्तमाका धेरै जसो स्थानमा चैते धान खेती हुने बताउनुभएको छ। समतल जमिन र कुलोको सिंचाई सुविधाले धान खेतीमा सहजता हुने उहाँको भनाई छ।
कमेन्ट गर्नुहोस्