
तिलोत्तमा,२०८० फाल्गुण ३० गते। रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १३ ले जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री सहित सम्मान तथा पुरस्कार प्रदान गरेको छ । वडा कार्यालय सेमरीले फागुन २९ गते सेमरीस्थित थारु होम स्टे थारू कल्याणकारिणी भवनमा १४ जना छात्र/छात्रालाई शैक्षिक सामाग्री, झोलासहित सम्मान गरेको हाे ।
वडा कार्यालयले वडा अध्यक्ष नारायण ढकालको अध्यक्षतामा वडा भित्रका गरिव तथा जेहेन्दार छात्र/छात्रालाई सम्मान तथा पुरस्कार वितरण गरेको बालमैत्री सहजकर्ता सन्तोषी गुरुङले बताउनुभयो। वडाका सामुदायिक बिद्यालय जनता मावि, सेमरी र बभनीका कक्षा १ देखि कक्षा ९ सम्मका उत्कृष्ट छात्र/छात्रालाई विद्यार्थीलाई आवश्यक कापी कलम , झोला लगायतका सामाग्री प्रदान गरिएको वडा सचिव शिव प्रसाद उपाध्यायले बताउनुभएको छ।
सो अवसरमा बोल्दै अध्यक्ष नारायण ढकालले विद्यार्थीको मनोबल बढाउन केहि भएपनी राहत शैक्षिक सामग्री सहयोग गरेको बताउनुभयो। विद्यार्थीलाई अध्ययन सहज होस् र गरिव तथा जेहेन्दार बिद्यार्थीसंगै अन्य विद्यार्थीलाई पनि मेहनत गरेर सफलाता मिलोस भन्ने शुभेच्छा सहित सो कार्य गरिएको अध्यक्ष ढकालले बताउनुभयो।
कमेन्ट गर्नुहोस्